|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 28 April 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
एसियन गेम्सका अलपत्र परेका मध्ये ५४ जनामात्र बाँकी |
| नेक सम्वाददाता - 28/04/2007 |
|
गत दिसेम्बरमा दोहामा सम्पन्न एसियन गेम्सको बेला विभिन्न कामका लागि कतार ल्याईएका नेपाली कामदारहरु मध्ये अझ ५४ जना विना काम दिन विताउनु परिरहेको छ ।
दोहा स्थित एक कम्पनीले नेपालबाट ल्याएका २०५ जनालाई एसियन गेम्सको समापन पछि काम दिन नसकेपछि समस्या उत्पन्न भएको थियो ।
दूतावासको हस्तक्षेप पछि केही नेपाल फर्किएका र केहीलाई अन्य कम्पनीमा स्थानान्तरण गरीएको दूतावासले जनाएको छ । अझ पनि ५४ जना बाँकी रहेको भएता पनि कम्पनीले उनीहरुलाई मासिक ३५० रियाल तलब दिईरहेको दूतावासले जनाएको छ ।
बाँकी रहेकाहरुलाई अन्य कम्पनीमा स्थानान्तरण गर्ने तिर काम भईरहेको पनि दूतावासले जनाएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |