nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 30 April 2007

HOME -> NEWS -> NEWS FROM QATAR


अमेरिकी डलरको भाउ घट्ने क्रम जारी

नेक सम्वाददाता - 30/04/2007

दोहा ३० अप्रिल, नेपाली रुपैंयाँको तुलनामा अमेरिकी डलर सस्तो हुने क्रम अझ पनि जारी रहेको छ । यस साता अमेरिकी डलर गत ९ वर्ष अधिको विनिमय दर भन्दा पनि तल झरेर ६४.९० सम्म कामय रहेको थियो ।

 

डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत भएको र त्यसको प्रभावका कारण नेपाली रुपैयाँको तुलनामा पनि डलर कमजोर भएको विज्ञहरुले वताएका छन् । भारतीय रुपैयाँसंग स्थिर विनिमय दर रहेको नेपाली रुपैयाँ मजबुत हुनुमा नेपालको आफ्नै कारण भने नभएको उनीहरुले वताए ।

 

भारतमा अमेरिकी डलरको विनिमयदरमा आएको गिरावतको प्रभावले नेपाली रुपैयाँसंग पनि अमेरिकी डलरको विनिमयदरमा देखिएको गिरावत तथा कतारी रियाल र अमेरिकी डलरको विनिमय दर स्थिर रहनाले नेपाली रुपैयाँ कतारी रियालसंग पनि बलियो हुन पुगेको छ जस्को प्रभाव प्रत्यक्ष रुपमा कतारमा कार्यरत नेपालीहरुलाई पर्न गएको छ ।

 

आफ्नो आम्दानीलाई नेपाली रुपैयाँमा हिसाव गर्ने नेपालीहरुले आम्दानी घट्न गएको अनुभुती गरेका छन् भने आफ्नो परिवारलाई मासिक खर्च पठाउदा कम पठाउनु पर्ने भएको छ । कतारमा ५०० रियाल तलब पाउने व्यक्तिले आफ्नो आम्दानी १०,००० नेपाली रुपैयाँ रहेको आभास केही महिना अगाडी गर्दथ्यो भने अहिले विनिमय दरमा आएको परिवर्तनले सोही व्यक्तिको आम्दानी घटेर ९,००० रुपैयाँ भएको छ । यसको प्रत्यक्ष प्रभाव यि कामदारहरुको आम्दानीमा आश्रित नेपालमा रहेका यिनका परिवारहरुलाई परेको छ ।

 

नेपाल राष्ट्र बैकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामजी रेग्मीले भारतीय रुपैयाँ मजबुत भएकाले त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको वताउनुभयो र अमेरिकी डलर विश्वभरी नै कमजो भइरहेको वताउँदै उहाँले यसको असर नेपाली अर्थतन्त्रमा भने खासै नपर्ने बताउनुभयो ।

 

हाल भारतमा विदेशी विनियम संचिति पर्याप्त भएको र आर्थिक प्रगतिको कारण पनि डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत भएको हो ।

 

अर्थविद डा. राघवध्वज पन्तका अनुसार डलरको तुलनामा नेपाली रुपैयाँ मजबुत हुनु नेपालको दीर्घकालीन रुपले लाभदायक हुँदैन । आठ प्रतिशत आर्थिक वृद्धि रहेको भारतको रुपैयाँसंग नेपालले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । उहाँले नेपालले भारतीय रुपैयाँ सितको विनिमय दरमा तत्काल पुनःविचार गर्नुपर्ने सुझाव समेत दिनुभयो ।

 

 


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com