|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 02 May 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
दोहामा हृदयघातबाट दुइ नेपालीको मृत्यु |
| नेकका लागि सरोज बास्तोला/उत्तम श्रेष्ठ - 02/05/2007 |
|
दोहा मे २, कतारमा हृदयघातबाट मृत्यु हुने नेपालीको संख्यामा बृद्धि भएको छ । कतारमा मृत्यु हुने नेपालीहरु माध्य ७० प्रतिशतको मृत्यु हृदयघातबाट हुने गरेको तथ्याङ्कले देखाउदछ । गत चार महिनाको अवधिमा कतारमा ३९ जना नेपालीको हृदयघातबाट मात्र निधन भएको दोहा स्थित नेपाली दूतावासको तथ्याङ्कले देखाउदछ ।
गत अप्रिल ७ का दिन गोविन्दपुर गा.वि.स. वार्ड नं ३ मोरङका टेक बहादुर शिवा तथा २२ तारिखका दिन मोरङ्ग पथरीका विनोद लिम्बूको पनि हृदयघातबाट मृत्यु भएको छ ।
सदा झै खाना खाई राती साथीहरुसंग गफगाफ गरी सुतेका टेक बहादुर शिवा बिहान ४ बजे उठेर रुमका साथीहरुलाई उठाई तपाईहरु काममा जान तयार हुनुहोस मेरो रातीको डिउटी छ र केही बेर आराम गर्छु भनी सुतेका थिए । तर केहि समयमा नै छातीमा पिडा बढेपछि आफ्नो भाई चन्द्र शिवा लाई बोलाएको र भाई आएको केहि छिनमा नै मुत्यु भएको सोहि कोठामा बस्ने उनका भाई र अर्को साथी फुर्वा तामाङले बताएका छन् । २९ वर्षिय टेक बहादुर श्रीमति दुई छोरी र एक छोरा रहेको मृतकका काका प्रेम कुमार शिवाले वताएका छन् । कतारको QTCG Company मा साधारण लेवरमा काम गर्न २५ दिन अधिमात्र मृतक शिवा कतार आएका थिए । मृतकको शवलाई छिट्टै नेपाल पठाउने तयारी भईरहेको दोहा स्थित नेपाली दूतावासले जनाएको छ ।
त्यसैगरी विनोद लिम्बूको गत २२ तारिखका दिन सुतेकै ठाउँका हृदयघातबाट मृत्यु भएको छ । गत ६ वर्षदेखि कतारमा कार्यरत लिम्बू दिनभरीको डिउटी सकेर वेलुकी कोठामा आई खाना खाएर सुतेका थिए । उनी राती १ बजेतिर एक्कासी छटपटाएको देखेर साथीहरुले के भो के भो भन्दा भन्दै उनीको निधन भएको थियो । तिन वर्ष अगाडी छुट्टीमा घर पुगेर आएका लिम्बूको श्रीमति एक छोरा तथा एक छोरी रहको र लामो समय देखि सोही कम्पनीका कार्यरत लिम्बूले आफ्ना दुई वर्षिया छोरीलाई भेट्न पनि नपाएको साथीहरुले वताए । मृतकको शवलाई छिट्टै नेपाल पठाउने तयारी भईरहेको दोहा स्थित नेपाली दूतावासले जनाएको छ ।
यसैबिच मोरङ सुनसरी प्रवासी युवा सेवा समाजले एक विज्ञप्तीमा मृतक शिवाको परिवार का लागी आर्थिक सहयोग गरिदिनु भन्ने सहयोग निवेदन आएको हुँदा इच्छुक सम्पुर्ण नेपाली महानुभावहरु तथा संघ संस्थाहरुलाई यथा सक्दो सहयोग गरिदिनु हुन मोरङ सुनसरी प्रवासी युवा सेवा समाजले हार्दिक अनुरोध गरेको छ । सो विज्ञप्तीमा मृतकद्वयको निधन प्रति दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोकसन्तप्त परिवारहरुमा सम्वेदना प्रकट गर्दछ भनिएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |