nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 02 May 2007

HOME -> NEWS -> NEWS FROM QATAR


कतारमा "नेपालीहरको समस्या समाधानको उपायहरु" विषयक अन्तरक्रिया सम्पन्न

नेक सम्वाददाताका साथ राई रमेश "गाउँले" - 02/05/2007

दोहा, नयाँ नेपाल मासिक प्रकाशन समुह कतारले "कतारमा नेपालीहरको समस्या समाधानको उपायहरु" विषयक अन्तरक्रिया कार्यक्रम गत २७ अप्रिल शुक्रवारको दिन नेपाली दुतावासको सभा कक्षमा संपन्न -यो 

 

नयाँ नेपाल मासिकका प्रधान सम्पादक राई रमेश "गाउँले" को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा दोहा स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्का प्रमुख वक्ता रहनुभएको थियो । नयाँ नेपाल मासिकका सम्पादक कुमार कार्कीद्वारा संचालित उक्त कार्यक्रम नयाँ नेपाल निर्माणमा आफ्नो ज्यान आहुति दिने वीर शहिदहरुको संझनामा एक मिनेट मौन धारण गरी शुरु भएको थियो ।

 

कार्यक्रमको शुरुमा पत्रिकाका सह संपादक  उत्तम श्रेष्ठ "सेन"ले स्वागत मन्तव्य दिनु भएको थियो कार्यक्रममा आमन्त्रित वक्ताहरुमा एन.आर.एन.. आई.सि.सि.का सदस्य भीम शर्मा पौडेल, नेपाल कतार डट कमका संचालक शिखर वैद्य, कतार नेपाली एकता समाजका अन्तराष्ट्रिय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, एन.आर.एन.. दोहा शाखाका अध्यक्ष कमलमणि गुँरागाई, एन.आर.एन.. दोहा शाखाका सल्लाहकार वद्रि प्रसाद पाण्डे, प्रवासी नेपाली संम्पर्क मञ्चका अध्यक्ष नरेश श्रेष्ठ, नेपाल कतार पत्रकार संघका उपसभापति नेत्र खनाल, स्याङ्जा सहयोग समाजका अध्यक्ष पूर्ण के.सि. नेपाल ईन्जिनियर एसोसियसन कतारमा अध्यक्ष नारायण चौधरी, सन्ध्या ग्रुप अल्खोरका अध्यक्ष धनेश्वर जि.सि., मेनपावर व्यावशायी टि.वि. कार्की आदी हुनुहुथ्यो

 

कार्यक्रममा नेपाल कतार डट कमका संचालक शिखर वैद्यले कार्यक्रमको न्यून उपस्थितिलाई व्याङ्ग्य गर्दै अरु कुनै कार्यक्रम भए भाषण गर्नको लागी संघ संस्थाका प्रमुखहरु आउने थिए अनि सस्तो भाषण गरेर परर ताली पनि पाउने थिए तर आज यो समस्यको विषयमा वहस भईरहदा चाही वहसमा भाग लिनको नआउँदा आर्श्चर्य प्रकट गर्नुभयो हालसम्म नेपालीहरु कतारमा कति छन् भन्ने वास्तविक तथ्याङक कोही सँग पनि नभएको अवस्था रहनु आफैमा पनि दुर्भाग्य भएको भन्दै मानिसको संख्या सँगसँगै समस्या पनि वढीरहेको जानकारी गराउनु भयो राष्ट्रको यती धेरै जनशक्ति परदेश लागीरहदा पनि सरकारसंग कामदारको लागी केही ठोस निर्णय नहुनु वास्तव मै निन्दनिय कार्य हो भन्दै उहाले बुदागत रुपमा ठगिने समस्या, कामदरा र कम्पनी बिचको समस्या, स्वास्थ्य संवन्धि समस्या, मनौवैज्ञानीक समस्या, कानुनी समस्या, व्यावहारीक समस्या, दुतावास संवन्धि समस्या र मृत्यू हुने समस्या गरी आठ ओटा समस्यालाई प्रस्तुत गर्नुका साथै समस्याको समाधानको उपायहरु पनि प्रस्तुत गर्नु भएको थियो

 

वुदाहरु प्रस्तुत गर्ने क्रममा हामी नेपालीहरु विदेश लाग्ने भने पछि सघार नाघ्ना साथ नै शुरु हुने समस्याहरुको क्रम कतारमा आए पछि पनि कायमै रहने भन्दै कतार सरकारले तोकेको न्यूनतम सुविधा भन्दा कम सुविधामा कामदारहरु मगाउने अनुमित दुतावासले दिने गरेको प्रष्ट्याउदै यस्तो अधिकार दुतावसलाई कस्ले दियो भनी प्रश्न गर्नु भयो

 

त्यसै  गरी सभामा वोल्दै नेपाल कतार पत्रकार संघका उपसभापति नेत्र खनालले एउटै स्तर तथा कामका लागि आएका नेपालीहरु अरु देशका नागरीकहरुमा किन तलव सुविधामा फरक भएको र यो समस्या हामी मजदुरको हो वा सरकारको हो भनी प्रश्न गर्नु भयो त्यसै गरी उहाले कतारमा कार्यरत कृषि मजदुर र भेढा गोठालाहरु जो कतार जस्तो विकसित देशमा भएता पनि मरुभूमीमा झाप्रा बनाएर बस्न बाध्य तुल्याईएको छ र जस्ले मानिसले पाउनु पर्ने सानो भन्दा सानो आधारभुत कुराहरु पनि पाएको छैनन्, तिनीहरुलाई छुट्टी के हो मनोरञ्जन केहो थाहा छैन भने तिनीहरुको समस्या माथी कस्ले ध्यान दिने भनि प्रश्न गर्नुभयो । दोहाको गल्लि गल्लिमा भिसाको कारोवार भईरहेको यस्लाई कस्ले रोक्ने भनेर प्रश्न तेर्साउनु भयो त्यसै गरी कुलतमा फसेका नेपालीहरु अनि जेलमा परेका नेपालीको वारेमा पनि केही कुरा गर्नु -यो खाली भाषण मात्र गरेर भएन सडकतिर पनि हेर्नु -यो भन्नुभयो । नाच गानको कार्यक्रम हुने हो भने टिकट पनि व्लेकमा वेच्नु पर्छ तर यो समस्याको समाधान गर्ने कुरा गर्दा खै संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती ? कतै यो संघ संस्था मान्छेहरुको लागी कमाई खाने भाडो भएको छैन ? उहाले प्रश्न तेर्साउनु भयो

 

अर्का वक्ता नेपाल ईन्जिनियर्स एसोसियसन कतारका अध्यक्ष नारायण चौधरीले समस्या मान्छेवाट नै आउने समाधान पनि मान्छे वाट नै गर्नु पेर्न सिटक उपाय वताउनु भएको थियो जस्को लागी हामी मानिसहरु नै इमान्दार हुनु पर्ने उहाको तर्क थियो

 

त्यस्तै प्रवासी नेपाली संम्पर्क मञ्चका अध्यक्ष नरेश श्रेष्ठले यस्तो कार्यक्रम चाही सामाजिक सघ संस्थाले गर्नु पर्नेमा पत्रकार महानुभावहरुले गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै कतार नेपाल सरकार विचको श्रम सम्झौता तथा श्रम कानुन दुतावासवाट एक एक प्रति सवै संघ संस्थालाई उपलव्ध गराईदिनु हुनको लागी अनुरोध गर्नुभयो त्यसै गरी वैदेशिक रोजगारमा जानेको लागी न्यून व्याजदरमा सरकारले ऋण उपलव्ध गराएमा पनि समस्या न्यूनीकरण हुने तर्क राख्दै मजदुर दिवसको अग्रिम शुभकामना पनि व्याक्त गर्नु भयो उहाले कतारमा नेपाली व्यावसायीहरु पनि दिनानु दिन वढ्दै गईरहेका अवस्थामा नेपाली कामदारहरुले नेपाली कम्पनिवाट कतारको श्रम कानुनले तोकेको सुविधा पाएको छन् कि छैनन र नेपाली कम्पनीहरु मै के कस्ता समस्या छ त्यस विषयमा लेखा जोखा हुनु पर्ने तथा नेपाली कम्पनि संचालकहरुबाट नै सुधारको शुरुवात हुनुपर्ने कुराको स्मरण गराउनु भएको थियो

 

मेनपावर व्यावशायी टि.वि. कार्कीले नेपालका सवै मेनपावर कम्पनिले स्थानिय स्तरमा एजेन्टको ब्यावस्था गर्दै झोलामा राखेर भिसा वेच्ने चलनलाई हत्तोसाही गर्ने हो भने पनि पचास प्रतिशत समस्या समाधान हुने तर्क राख्नुभयो ।

 

कार्यक्रममा वोल्दै कतार नेपाली एकता समाजका अन्तराष्ट्रिय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाली दुतावासले काम नगरेको भन्दिन किनकी काम गर्नको लागी अधिकार चाहिन्छ सवै अधिकारवाट दुतावास पूर्ण भन्ने मलाई लाग्दैन भन्दै जवसम्म हाम्रो सरकारले जसरी भए पनि हाम्रो नेपाली मजदुरलाई काम दिनु पर्छ या जसरी हुन्छ हामीले काम कतारमा पाउनु पर्छ भन्छौ तवसम्म हाम्रो समस्या जस्ताको तस्तै रहन्छ भन्नुभयो । वहाँले यदी नेपाल सरकारले कतार सरकारलाई तलाई मेरो कामदार चाहिन्छ भने यो यो सुविधा दे हैन भने सवैलाई फिर्ता गर भन्ने खालको आफ्नो जिकिर लिन सक्दैन तवसम्म समस्या रहन्छ भन्नुभयो

 

कार्यक्रमका अर्का वक्ता कतारमा नेपाली व्यावसायी तथा एन.आर.एन.. एन.सि.सि.का सल्लाहाकार संयोजक वद्री प्रसाद पाण्डेले यस्तो खाले कार्यक्रम कतारमा पहिलो नभएको यो खाले समस्या कतारमा मात्र नभएको कुरा गर्दै तीन वर्ष पहिले दोहामा संपन्न एन.आर.एन. को क्षेत्रिय भेलामा पाल्नु भएका तीन जना मन्त्रि तथा दुइ सचिवको हातमा समस्याको एउटा किताव नै हस्तान्तरण गर्ने काम भए पनि हालसम्म त्यसको सुनुवाई नभएकोमा आक्रोस व्यक्त गर्नु भएको थियो उहाँले आफ्नो क्मपनिको कामदारहरुलाई कतारका अन्य कम्पनि सरह कै सुविधा दिएको स्मरण गराउदै नेपाली कामदारहरुलाई आफ्नो कम्पनीमा बढी नै सुविधा दिईरहेको वताउनुभयो ।