nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 02 May 2007

HOME -> NEWS -> NEWS FROM QATAR


चितवन युवा समूहबाट बनभोज कार्यक्रम

नेक सम्वाददाता - 02/05/2007

दोहा, नव बर्षको उपलक्ष्यमा दोहाको चितवन युवा समूह गत शुक्रबार एक बनभोज कार्यक्रमको आयोजना गर चितवने र गैर चितवनेहरु वीच शुभकामना साट्ने मौका प्रदान ग-यो । अलखोर स्थित अलखोर पार्कमा सम्पन्न सो बनभोज कार्यक्रममा चितवन यूवा समूहका कलाकार तथा कतारमा स्थापित संघर्ष ब्याण्डका कलाकारहरुसंगै वृहत उपस्थिति रहेको थियो

 

कार्यक्रममा दोहा स्थित नेपाली दूतावासका कार्यबाहक राजदूत रामकाजी खड्काले उपस्थित सम्पूण महानुभाव र देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई नवबर्ष २०६४ को शुभकामना ब्यक्त गर्नु भयो । आफ्नो परम्परालाई सम्झदै कतारमा संघ संस्थाबाट हुने हरेक खाले कार्यक्रमहरु अति सहरानीय भएको उहाँले भयो । त्यस्तै गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष कमल मणि गुराँगाईले कतारमा संस्थाहरु मध्ये नाम र कामबाट चितवन र खोटाङ अग्रपंक्तिमा रहेको र हालसम्म चितवन युवा समूहले बिभिन्न कार्यक्रमको आयोजना गरि सफलता पाएको औल्याउनु भयो । अझ चितवनका साथीहरुले आफू कतार आउदा माजिक कार्यमा लाग्न अनुरोध गरेको स्मरण गर्नु भयो । चियुसको अझ प्रगतिको कामना गर्दै उहाँले नव बर्षमा सम्पूण नेपालीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

 

कार्यक्रममा गैर आवासीय नेपाली संघ कतारका संयोजक राजेश दर्शन अर्यालले भर्खरै आफूले नव बर्ष चितवनको सौराहामा मनाएको र यहाँ पनि चितवन युवा समूहको नव बर्षमा शुभकामना मन्तब्य दिन पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले देशमा लोकतन्त्र आएको भएता पनि अझै अन्यौलको स्थिति रहेको विचार व्यक्त गर्नु भयो ।

 

गैर आवासीय नेपाली संघ कतारका कोषाध्यक्ष तथा चियुसका बरिष्ठ सल्लाहकार के.बि. हमालले उपस्थित सम्पूर् साथीहरुलाई  नव बर्षको शुभकामना दिदै चियुसले एकजुट भएर समाज सेवामा लाग्नु पर्ने बताउनु भयो ।

 

नव बर्षको उपलक्ष्यमा हरेक बर्ष आयोजना गर्दै आएको चियुसको बनभोज कार्यक्रममा उपस्थित सम्पूर्ण चितवने तथा गैर चितवनेहरुलाई शुभकामना ब्यक्त गर्दै समूहका अध्यक्ष रामहरि गैरेले उपस्थितिका लागि सबैमा कृतज्ञता ब्यक्त गर्नु भयो । प्रवासमा छरिएर रहेता पनि आफ्नो संस्कृति र संस्कारलाई भुल्न नहुने बताउँदै फेरि पनि चियुसले नयाँ कार्यक्रमहरु कतारका नेपालीहरु माँझ ल्याउने बताउनुभयो

 

समूहका महासचिब बुद्धिराज अर्यालले नव बर्षले देश विदेशमा छरिएर रहेका तथा स्वदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति दिलाउने र नया जोश जाँगर ल्याउने छ भन्दै शुभकामना ब्यक्त गर्नु भयो । कार्यक्रममा मेचीकाली साहित्य संगमका सुरेन्द्र अधिकारी 'सरु', अनेसास कतारका अध्यक्ष दिपेन्द्र भेटवाल, नेपाल कतार पत्रकार संघका अध्यक्ष रवि भट्ट लगायतका ब्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा चितवन यूवा समूहका कलाकार तथा कतारमा स्थापित संघर्ष ब्याण्डका कलाकारहरुले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com