|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 06 May 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
कतारमा २५५१ औं बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न |
||
| नेकका लागि बिल बहादुर गुरुङ्ग - 06/05/2007 | ||
दोहा मे ४, २५५१ औं बुद्ध जयन्ती विविध कार्यक्रमहरुको आयोजना गरि भव्यताका साथ सम्पन्न भएको छ । तमु बौद्ध सेवा समिति शाखा कतार, आप्रवासी तामाङ्ग समाज कतार र प्रवासी शेर्पा संघ कतारको संयुक्त आयोजनामा दोहा नेशनलस्थित न्यू क्यापीटल होटलको सभा हलमा नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काको प्रमुख आतिथ्य र एनआरएनए आईसीसी मध्यपूर्वका उपाध्यक्ष सागर नेपालको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा कतारमा कार्यरत विभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुको आतिथ्य र कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भव्य उपस्थिति रहेको थियो । लामा गुरुद्वारा मन्त्रोच्चारण र प्रमुख अतिथि तथा कार्यवाहक राजदूतद्वारा द्वीप प्रज्वलित गरि शुरु भएको उक्त कार्यक्रममा पुजा-पाठ, बुद्ध धर्म सम्बन्धि विचार विमर्स तथा कविता पाठ र विभिन्न जातिगत परिचय दिने गीत तथा नृत्य र कतारमा आफ्नो छुट्टै परिचय बनाउन सफल सांगितिक समुहहरु फेमिली म्युजिक ग्रुप र सन्ध्या ग्रुप अलखोरले तयार पारेको विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।
२५५१ औं बुद्ध जयन्ती मुल समारोह समिति कतारका संयोजक तथा तमु बौद्ध सेवा समिति शाखा कतारका अध्यक्ष बुधबल गुरुङ्गको सभापतित्व र आप्रवासी तामाङ्ग समाज कतारका निवर्तमान सचिव विनेष तामाङ्गद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रवासी शेर्पा संघका अध्यक्ष तेन्जी नोर्गे शेर्पाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । तमु बौद्ध सेवा समिति शाखा कतारका निर्देशक सल्लाहकार बिल बहादुर गुरुङ्गले कार्यक्रम वारे प्रकास पार्नुभएको थियो भने आप्रवासी तामाङ्ग समाज कतारका सह-सचिव स्वयंबर सिंह लामाले बुद्ध धर्म र दर्शन सम्बन्धि जानकारी लेख पढेर सुनाउनु भएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र अतिथि सबैले प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति जोगाउन कटिबद्ध रहेका यी आयोजक संस्थाहरुको मुक्त कण्ठले प्रसंसा गरेका थिए । एकता नै बल हो र संयुक्त प्रयास भएमा जुन सुकै र जस्तो सुकै कार्य पनि सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने कुरा यस कार्यक्रमको भव्य सफलताले पुष्टी गरेको छ भनि सबै बक्ताहरुको एकै स्वर रहेको थियो । त्यसरी आफ्नो मन्तव्य ब्यक्त गर्नु हुने वक्ताहरुमा प्रवासी नेपाली सम्पर्क मञ्चका प्रतिनिधि नवराज श्रेष्ठ, लिम्बु समाज कतारका प्रतिनिधि ज्ञानेन्द्र सुब्बा, नेपाल कतार पत्रकार संघका सभापति रवि भट्ट, उद्योगी व्यवसायी तथा एनआरएनए एनसीसी कतारका सल्लाहकार संयोजक बद्री प्रसाद पाण्डे, एनआरएनए एनएसीसी कतारका अध्यक्ष कमल मणी गुरागाइ, विशेष अतिथि सागर नेपाल र प्रमुख अतिथि तथा कार्यवाहक राजदूत रामकाजी खडका हुनु हुन्थ्यो ।
आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि खड्काले बुद्धका आदर्शहरुको अनुसरण गर्न सकेमा नेपालमा शान्ती र अमन चयन स्थापना गर्न सकिने र यसता कार्यक्रमहरुले हामी नेपालीहरु विच भाईचारा र सद्भाव अभिबृद्धि गर्न ठुलो सहयोग मिल्ने कुरा बताउनु भयो । कतारमा रहेका नेपालीहरुको सेवा र सहयोगको लागि आफू र दुतावास सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नु हुदै यहाँ रहेका नेपाली समाजबाट पनि त्यस्तै सहयोग र साथ पाउने कुरामा आफू आशावादि रहेको कुरा पनि व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्तमा उपस्थित सबै महानुभावहरुलाई प्रसाद र खाजा वितरण गरिएको थियो । कार्यक्रमका सभापति श्री बुधबल गुरुङ्गले यस कार्यक्रमलाई यस रुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने आयोजक समितिका सदस्यहरु, प्रायोजक दाताहरु, पत्रकार बन्धुहरु प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सबै कतारवासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई हार्दिक धन्यवाद दिनुहुदै २५५१ औं बुद्ध जयन्तीको कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । |
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |