nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 06 May 2007

HOME -> NEWS -> NEWS FROM QATAR


जय अकलाद्वारा नववर्षको शुभकामना

नयाँ नेपाल मासिक सम्वाददाता - 06/05/2007

दोहा मे ५, जयअकलादेवि सेवा समाजको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गत वैशाख २१ गते शुक्रवारका दिन एक कार्यक्रमका विच सम्पन्न भयो ।

 

नया वर्षविति सके पनि ढिलै भए पनि आयोजना गरेको आयोजना कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष पदम वि ले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद का मध्यपुर्व उपाध्यक्ष सागर नेपाल, विशेष अतिथीको रुपमा एनआरएनए आइ सि सि का कतार सदस्य भिम प्रसाद शर्मा पौडेल, अतिथीहरुमा कतार च्याप्टरका अध्यक्ष कमलमणि गुरागाँइ, खोटाङ्ग जागृति सेवा कमाज शाखा कतारका अध्यक्ष राई रमेश गाँउले, नेपाल कतार पत्रकार संघका उपाध्यक्ष नेत्र खनाल, नया नेपाल मासिकका सम्पादक कुमार कार्की प्रवासी नेपाली सम्पर्क मंचका विर वहादुर थापा, कतार नेपाली एकता समाजका उपाध्यक्षचितवन युवा समाजका अध्यक्ष रामहरी गैह्रे आदिको उपस्थिती रहेको थियो

 

कार्यक्रममा उपस्थित वक्ताहरुले नववर्षको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै आफ्नो बिचार राख्नु भएको थियो कार्यक्रमममा वोल्दै नेपालीहरुले परिवर्तनको वाटो समाउनु पर्ने धारणा राख्नु भएको थियो अर्का वक्ता भिम शर्माले पनि नया वर्षसँगै नया नेपालको निर्माणका लागि प्रवासीहरुले आफ्नो मत प्रकट गर्नु पर्ने वेला आएको कुरा व्यक्त गर्नु भएको थियो कार्यक्रममा वोल्दै प्रवासी नेपाली सर्म्पर्क मंचका विर वहादुर थापाले अहिलेको सरकारले प्रवासी नेपालीहरुलाई वेवास्ता गरेको प्रवासीका समस्याका लाई सम्वोधन गर्न नसक्ने निकम्मा सरकारले सत्तामा वस्नुको औचित्य नरहेको धारणा राख्नु भएको थियो । चितवन युवा सेवा समाजका अध्यक्ष रामहरी गैह्रेले कार्यक्रममा वोल्दै जयअकला देविले समाज सेवाका क्षेत्रमा गर्दै आएको कार्यहरु सह्रानिय रहेको धारणा राख्नु भएको त्यस्तै नेपाल कतार पत्रकार संघका नेत्र खनालले पत्रकारहरु लोकतान्त्रिक वाटोमा रहेको पत्रकारको नारा  नै लोकतान्त्रिक नेपालको निर्माणका लागि कलम चल्ने प्रतिवद्धता गर्नु भएको थियो कार्यक्रममा कतार नेपाली एकता समाजका उपाध्यक्ष प्रवासी दलित समाजका उपाध्यक्षले पनि आफ्नो मन्तव्य राख्नु भएको

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com