|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 06 May 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
नयाँ नेपालको प्रस्तुतीमा म्युजिक भिडियोको शुभमुहुर्त |
||
| नेक सम्वाददाता - 06/05/2007 | ||
दोहा ४ मे, परदेश लागेका नेपालीहरुले के गर्छन कसो गर्दछन् भन्ने चासोको विषय सवैलाई हुनसक्छ । धेरैले परदेश लागेका नेपालीहरुले पैसा कमाउने र कमाएको पैसाले मोज मस्तिमा समय खर्चने गर्छन भनी अड्कल लगाउन सक्छन । यो अड्कल कतिपय नेपालीहरुको लागी सही सावित भए पनि सवै नेपालीहरुमा यो कुरा लागु हुनसक्दैन । यस्तै रोजीरोटीको सिलसिलामा कतारमा आईपुगेका केही संघर्षशिल युवाहरुको एक जमातले बैशाख एक गतेवाट मात्र प्रकाशन आरम्भ गरेको नयाँ नेपाल मासिक प्रकाशन समुहले एक पछि अर्को कार्यहरु अगाडी वढाईरहेको छ । यस्तै कामको निरन्तरता स्वरुप गायक मिङ्मा शेर्पाको गित छम छम गोरी छम छम ......... को म्यूजिक भिडियोको छायाङ्कनको शुभ मुहुत मे ४ शुक्रवार अलखोरको पार्कमा एक कार्यक्रमको विच सम्पन्न गरेको छ ।
नयाँ नेपाल मासिकको प्रस्तुति रहेको उक्त म्यूजिक भिडियोको शुभ मुहुत समारोहमा नया“ नेपालका प्रधान संपादक राई रमेश "गाउँले", संपादक कुमार कार्की, सह संपादक सरोज वास्तोला, नेपाल कतार पत्रकार संघका उपसभापति नेत्र खनाल, म्यूजिक भिडियोका निर्देशक तथा नयाँ नेपालका वजार ब्यवस्थापक अमृत थापा, सहायक निर्देशक वेखर्ची ज्ञान म्यूजिक भिडियोका मोडलहरु गीता मगर, दीपक गुप्ता, रमेश पाण्डे (यज्ञ मूर्ति) लगायत शुभमुहुर्त कार्यक्रममा अन्य महानुभावहरुको पनि उपस्थिती रहेको थियो । प्रवासमा रहेर पनि नेपाली संगितलाई माया गर्ने सोच अनुसार निर्देशक अमृत थापाले उक्त म्युजिक भिडियोको निर्देशन गरेको जानकारी गराउनु भएको थियो ।
निर्देशक थापाका अनुसार कतारमा थापाद्वारा निर्देशित यो पहिलो म्युजिक भिडियो रहेको र आगामी दिनमा पनि अन्य म्यजिक भिडियोको निर्माण गर्ने जानकारी दिनु भएको छ । निर्देशक थापाले विभिन्न नेपाली टेलिसिरियल तथा म्युजिक भिडियोको निर्देशन गर्नुका साथै ५० भन्दा वढि पर्दामा मुख्य भुमिकाको रुपमा आनो कला देखाई सक्नु भएको छ । |
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |