|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 07 May 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
नेपालीहरुद्वारा रक्तदान कार्यक्रम सम्पन्न |
||
| नेक सम्वाददाता - 07/05/2007 | ||
दोहा ७ मे, कतारमा कार्यरत नेपाली ईन्जिनीयरहरुको संस्था नेपाल ईन्जिनीयर एसोसियसन कतार शाखाले गत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दोहा स्थित नेपाली दूतावासको प्राङ्गणमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ७० जना नेपाली लगायत भारतीय, श्रीलंकी तथा बर्मेलीहरु सामेल भएको उक्त संस्थाका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक नारायण चौधरीले वताउनुभएको छ ।
कतारस्थित हमद मेडिकल कर्पोरेशनको आव्हानमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । नेपाल ईन्जिनीयर एसोसियसन कतार शाखाले गत दुई वर्षदेखि वार्षिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सो कार्यक्रम नेपाल ईन्जिनीयर एसोसियसन कतार शाखाको आयोजना तथा सप्तरी सेवा समाज, सिराहा सेवा समिति, महोत्तरी सेवा समाज तथा सेफ्टी एवर्नेश सेन्टरको सहकार्यमा सम्पन्न भएको थियो ।
नेपाल ईन्जिनीयर एसोसियसन कतार शाखाका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक नारायण चौधरीले ९० जना भन्दा बढी रक्तदाताहरुको उपस्थिती भएता पनि विभिन्न प्राविधिक कारणले गर्ला ७० जनाले मात्र रक्तदान गर्न सकेको वताउनुभयो । सो कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले रक्तदान जस्तो महान समाजसेवाको कार्यक्रम आयोजना गरेकोमा आयोजकहरुको प्रशंसा गर्दै धन्यवाद दिनुभयो । |
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |