|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 08 October 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
कतारमा ल्होछार (फो ल्हो) को तयारी |
| नेक सम्वाददाता - 08/10/2006 |
|
दोहा, अक्टुबर ६, कतारका तमूहरुको संगठित संस्था तमू बौद्ध सेवा समिति शाखा कतारका अध्यक्ष श्री बुधबल गुरुङ्गको अध्यक्षतामा बसेको नियमित तेश्रो बैठकले डिसेम्बर २९ तारिख २००६ का दिन तमूहरुको महान पर्व ल्होछार (फो ल्हो ) भब्य रुपमा मनाउने निर्णय गरेको छ ।
कार्यक्रम सम्पन्न गर्नको लागि संस्थाका सल्लाहकार श्री अमृत गुरुङ्गको संयोजकत्वमा ल्होछार मिलन समारोह २००६ गठन गर्नुका साथै कार्यक्रम ब्यवस्थापन उपसमिति, प्रचार प्रसार उप समिति, सांस्कृतिक कार्यक्रम उप समिति, स्वयं सेवक परिचालन उप समिति र अनुगमन उप समितिहरु गठन गर्नुर्का साथै समितिहरुलाई कार्य विभाजन गरी आ-आफ्नो कामको जिम्मेवारी दिईएको छ ।
आफ्नो धर्म संस्कृति रितिरिवाज तथा परम्पराको जगेर्ना गर्ने र दुखमा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्धेश्य लिई स्थापना गरेको यस तमू बौद्ध सेवा समिति कतारले कतारमा मनाउन लागेको यस पर्व भने चौथो पटक हो । संस्थाको स्थापना काल देखि नै कतारमा कार्यरत तमूहरु जम्मा भई निरन्तरता दिई रहेको यस पर्वमा यस बर्ष अझ बढी तमू साथीहरु सहभागि हुने करामा संस्थाका महा सचिव श्री कृष्ण गुरुङ्ग आशावादी हुनुहुन्छ । यसका साथै तमूहरुको संस्कृति र परम्परा संग बिशेष महत्व रहेको यस महान पर्वलाई भब्य रुपमा मनाउन कुनै कसर बाकीं नराख्ने कुरा समारोह समितिका संयोजक श्री अमृत गुरुङ्ग वताउनु हुन्छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |