nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 28 October 2006

HOME -> NEWS -> NEWS FROM QATAR


किरात राईहरुको दोहामा साकेला सिली तथा गायीका दिपा राई लाई अभिन्नदन

राई रमेश गाउले/सरोज बास्तोला  - 28/10/2006

दोहामा चण्डीनाच नाच्दै सहभागिहरु

दोहा, किरात राईहरुको महान सांस्कृतिक पर्व साकेला (चण्डिनाच) कतारको दोहा शहरको पर्यटकिय पार्क कर्निसमा मुस्लिमहरुको माहान चार्ड इदको अवसरमा २४ अक्टोबर २००६ का दिन भव्यताको साथ संपन्न भयो । प्रवासी आदीवासी जनजाती महासंघ दोहा कतारका अध्यक्ष श्री अमृत गुरुङ्गको प्रमुख आतिथ्य अनि गैहृ आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय सिमितिका सदस्य भीम शर्मा पौडेल, गैहृ आवासिय नेपाली संघ दोहाका अध्यक्ष श्री कमलमणी गुरागाई, गैहृ आवासिय नेपाली संघ दोहाका उपाध्यक्ष श्री दीलकिरण खजुम, आप्रवासी तामाङ्ग समाजका अध्यक्ष श्री शुक ब. तामाङ्ग,तमु वौद्ध सेवा समितिका श्री डि.वि गुरुङ्ग, प्रवासी नेपाली संम्पर्क मञ्चका उपाध्यक्ष श्री वीर व. थापा, किरात याक्थुङ्ग एकता समाजका अध्यक्ष श्री विस्नु आङ्गदाम्ब, नेपाल कतार पत्रकार संघका महासचिव श्री एतराज तुम्रोक, सेमीफक्तालुङ्ग का श्री जीत ब. लिम्वु, खोटाङ्ग जागृति सेवा समाजका अध्यक्ष श्री सुरेश राईको अतिथ्यमा उक्त कार्यक्रम संपन्न भएको थियो।

 

संस्थाका कोषाध्य श्री राई रमेश गाउले ले संचालन गर्नु भएको उक्त कार्यक्रमका सभापतित्व संस्थाका अध्यक्ष श्री शेर व. राईले गर्नु भएको थियो भने अतिथिहरुलाई राई संस्कार अनुसार पगरी (फेटा) गुथेर स्वागत संस्थाका सल्लाहकार श्री लक्ष्मी प्र.साम्सोहाङ्ग राईले गर्नुभएको थियो । नाचको नेत्तृत्व (सिलीमोपा) राम ब. राईले गर्नुभएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा अतिथि वर्गलाई  नचाएर गरीएको थियो । ढोल र झ्याम्टाको तालमा केवल किरात राईहरु मात्र हैन विदेशीहरु पनि मजा लिई लिई नाचेको उक्त कार्यक्रममा सयौं किराती गैहृ किरातीहरुको उपस्थिति थियो । स्मरण रहोस सन् २००४ मा पनि यस्तै कार्यक्रम दोहामा संपन्न भएको थियो।

 

कलाकार दिपा राईलाई सम्मान

यसैगरी दिपावली को अवसरमा नेपाली मनोरम सांझ २००६ मा पाल्नु भएकी लोक दोहारी गायीका सुश्री दीपा राई लाई पनि किरात राई यायोख्खा शाखा दोहा कतारले २५ अक्टोवर २००६ का दिन स्वागत  भेटघाट तथा अभिन्दन कार्यक्रम कतार इन्टरनेशनल होटलमा संपन्न गरयो । सुश्री दीपा राईको प्रमुख आतिथ्य तथा आदीवासी जनजाती महासंघ दोहाका अध्यक्ष श्री अमृत गुरुङ्ग, एन.आर.एन.. दोहाका उपाध्यक्ष श्री दील किरण खजुम, नेपाली चलचित्रका नायक श्री अमृत थापा,खोटाङ्ग जागृति सेवा समाज शाखा दोहा कतारका का.वा सचिव श्री कमल खत्री ,नेपाल कतार पत्रकार संघका सदस्य श्री सरोज वास्तोला लगाएतको महानुभावहरुको उपस्थितिमा संपन्न उक्त कार्यक्रमको सभापतित्व कि रा या दोहा शाखाका अध्यक्ष श्री शेर ब. राई, संचालन किरायाका सचिव श्री जगत किनारा स्वागत मन्तब्य श्री किरायाका कोषाध्यक्ष श्री राई रमेश गाउले ले गर्नु भएको थियो ।

 

संस्थाका अध्यक्षद्धारा दोसल्ला ओढाएर र सल्लाहाकार ज्यूले समुन्द्रको चिनो डल्फिन उपहार दिएर स्वागत गरे पश्चात सम्पूर्ण महानुभावहरुले आ आफनो तर्फबाट उपहार प्रदान गर्नु भएको उक्त कार्यक्रमका सम्पूर्ण वक्ताहरुले गायीका दीपा राईको संगितिक उज्वल भविष्यको कामना गर्दै शुभकामना प्रदान गर्नुभएको थियो भने उहालाई लोक सास्कृति र लोक भाकाहरुको जर्गेनामा लागी रहन पनि अनुरोध गर्नु भएको थियो । अन्तमा वोल्दै गायीकाज्यूले किराया शाखा दोहा प्रति संमानको लागी हार्दिक आभार प्रकट गर्दै शुभचिन्तकहरुको शुभकामनाको शिरोधार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । किराया शाखा दोहा कतारले विगतका वर्षहरुमा पनि कतारमा पाल्नु हुने किरात राईहरुको विशिष्ट ब्याक्तहरुलाई अभिनन्दन गर्दै आईरहेको छ । स्मरण रहोस यो भन्दा अगाडी अभिनन्दित हुनेहरुमा कृषि विशेषज्ञ श्री मदन राई ,गायीका सत्यकला राई र आभा मुकारुङ्ग हुनुहुन्थ्यो ।


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com