|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 29 October 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
मोरङ्ग सुनसरीले कलाकारलाई सम्मान तथा दिवा भोजको आयोजना |
| कुमार कार्की - 29/10/2006 |
|
दोहा, मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारले नेपाली मनोरञ्जन साँझ २०६३ का अवसरमा मोरङ्ग र सुनसरीवाट आएका कलाकारहरुलाई कदरपत्रका साथ सम्मान तथा दिवाभोजको कार्यक्रम गत शुक्रवार सम्पन्न गरेको छ ।
दोहामा आयोजित उक्त सम्मान समारोह तथा दिवाभोज संस्थाका उपाध्यक्ष निमेश गिरीको सभापतित्व तथा एन आर एन ए एन सि सि दोहा कतारका अध्यक्ष कमलमणि गुरागाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमका विषेश अतिथीमा नायक सिमान्त उदास, अतिथीहरुमा नेपाली टि भि यू के का प्रवन्ध निर्देशक विजय थापा, गायिका प्राश्ना शाक्य, गायक श्रीकृष्ण लुइटेल आदिको उपस्थिती रहेको थियो । कार्यक्रममा गायिका प्रश्ना शाक्य, गायकहरु श्रीकृष्ण लुइटेल, प्रकाश पौडेल र नायक सिमान्त उदासलाई सम्मान गरिएको थियो । मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारले यस वर्षदेखि कलाकारहरुलाई सम्मान गर्ने परम्पराको थालनी गरेको कुरा संस्थाका कोषाध्यक्ष उत्तम श्रेष्ठ सेनले जानकारी दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली टि भि यु के का र्डाईरेक्टर विजय थापाले आफु कलाकारहरुलाई माया गर्ने मान्छे भएको कुरा व्यक्त गर्दै मोरङ्ग सुनसरीले कलाकारलाई सम्मान गर्ने परम्पराको थालनी गरेर राम्रो कार्य गरेको र कलाकारहरुको प्रगतिको कामना तथा संस्थाको प्रगतिको कामना गर्नुभयो । कलाकारहरुको तर्फबाट वोल्दै नायक प्राश्ना शाक्यले आफु कला क्षेत्रमा लागेर संस्कृतिको रक्षा गरी रहेछु भन्ने आभास वल्ल पाएको कुरा व्यक्त गरिन् । विदेशमा आएर पनि मोरङ्ग सुनसरीवासीहरु संगठित भएर मित्रताको भावना साटासट गर्ने परम्परा देख्दा हर्षविभोर भएको धारणा राखेकी थिईन् । त्यस्तै गायक श्रीकृष्ण लुइटेलले मोरङ्ग सुनसरीले गरेको यो सम्मानले कला क्षेत्रमा जिवनपर्यन्त लागिरहन प्रेरित गरेको धारण राख्नु भयो । उहाले थप्दै भन्नुभयो मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजले भविष्यमा कुनै मनोरञ्जन कार्यक्रम तथा रचनात्मक कार्यक्रम गरेमा र त्यसका लागि कतार सम्म आउने व्यवस्था गरेमा आफु घुँडा टेकेर आईपुग्ने प्रतिज्ञा गर्नु भएको थियो । नायक सिमान्त उदासले मन्तव्यका क्रममा मोरङ्ग सुनसरी जिल्लाहरु आफ्नो छिमेकी जिल्ला भएको र छिमेकी नाता सँगै कलाकार सम्मान कार्यक्रममा आमन्त्रण गरेकोमा खुशि व्यक्त गर्दै मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजको सन्देशलाई स्वदेशमा पुर्याउन आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्ने धारण राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा एन आर एन ए एन सि सि दोहा कतारका अध्यक्ष कमलमणि गुरागाईले कलाकारहरुलाइ शुभकामना व्यक्त गर्दै नेपाली कलाकारताको क्षेत्रमा लागेर मोरङ्ग सुनसरीको नामलाई उचो पार्न गरेको योगदानको संस्थाले सदैव कदर गर्ने कुरा व्यक्त गर्नुभयो । आफुपनि मोरङ्ग सुनसरीवासी भएको तथा संस्थाको सदस्य भएको नाताले संस्थाले सवै देशवाट आउने कलाकार तथा देशका अन्य गहनालाई यसरी नै सम्मान गर्ने धारणा राख्नु भएको थियो । विगत लामो समय देखि मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारमा आफु कार्यरत रहेको कुरा जानकारी गराउदै संस्थाले विगतमा समाज सेवाका क्षेत्रमा निकै राम्रा कार्यहरु गरेका धारणा राख्नु भयो । संस्थाका सदस्य टि वि कार्कीले पनि कलाकारहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका सभापति निमेश गिरीले मन्तव्य राख्दै मोरङ्ग सुनसरीले विगतमा गरेका कार्यहरुको कलाकारहरुलाई जानकारी गराउदै कलासाधकहरुको सफलताको कामना व्यक्त गर्नु भयो । कार्यक्रममा राईरमेश गाउले, गायक प्रकाश पौडेल आदिले मन्तव्य राख्नु भएको थियो , अतिथी तथा कलाकारहरुलाइ उत्तम श्रेष्ठ सेनले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सचिव कुमार कार्कीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
क्लाकारहरुलाई सम्मान गर्ने क्रममा कदरपत्र, राष्ट्रियताको प्रतिक नेपालको राष्ट्रिय झण्डा तथा संस्थाको मुखपत्र प्रवासको किरणको दाश्रो अंक उपहार स्वरुप प्रदान गरिएको थियो संस्थाका कोषाध्यक्ष उत्तम श्रेष्ठ सेनले व्यक्तिगत रुपमा राष्ट्रिय झण्डा उपहार प्रदान गर्दै जुनै पनि ठाँउमा पुगे पनि राष्ट्रियता र नेपाली सस्कृति नभुल्न आग्रह गर्नु भएका थियो । कार्यक्रमका अवसरमा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजको सकृयतामा मोरङ्गको टाडिमा विद्यालय भवनको निर्माण गर्नका लागि दिपावलीका अवसरमा देउसी भैलो खेलेर रकम संकलन गरेका साथै आ आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्न सवै क्षेत्रका महानुभावहरुलाई आग्रह गरिएको थियो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |