|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 30 October 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
अनेसास कतार गठनको तयारी |
| नेक सम्वाददाता - 30/10/2006 |
|
दोहा, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको गठन प्रक्रिया अगाडी बढाईएको छ । गत शुक्रबार दोहाको ईन्टरनेशनल होटलमा सम्पन्न भाषा साहित्य प्रेमीहरुको भेटघाट पछि अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको गठन गर्नुपर्ने आवश्यकतालाई मुर्तरुप दिन कदम चाल्ने निर्णय गरीएको हो ।
नेपाल कतार पत्रकार संघले आयोजना गरेको सो भेटघाट कार्यक्रममा नेपालकतार डट कमका संचालक तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज आजीवन सदस्य तथा कतार प्रतिनिधि शिखर बैद्यले अनेसासको परिचयात्मक विवरण प्रस्तुत गर्नुभएको थियो ।
नेपाल कतार पत्रकार संघका सचिव राई रमेश गाउँलेद्वारा संचालित सो कार्यक्रममा संघका अध्यक्ष रवि भट्टले अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको गठन गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।
भाषा तथा साहित्य प्रेमी करिव ४० जना नेपालीहरुको उपस्थिति रहेको सो भेटघाटले आगामी नोभेम्बर १७ तारिखका दिन साहित्य प्रेमीहरुको वृहत भेला गराई गठन प्रकृयालाई अगाडी बढाउने निर्णय लिएको थियो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |