|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 30 October 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
राज्यमन्त्री शाह तथा उपाध्यक्ष पासवान कतारमा |
| नेक सम्वाददाता - 30/10/2006 |
|
दोहा, कतारको राजधानी दोहामा हिजोबाट शुरुभएको नयाँ एवं पुनःस्थापित प्रजातान्त्रिक मुलुकहरुको छैटौं अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा सामान्य प्रशासन राज्यमन्त्री धर्मनाथ प्रसाद शाह तथा राष्ट्रिय सभाका उपाध्यक्ष रामप्रित पासवान दुई छुट्टा छ्ट्टै प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हाल दोहा भ्रमणमा रहनुभएको छ ।
नेपाल सरकारको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राज्यमन्त्री शाह आउनुभएको छ भने संसदिय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभाका उपाध्यक्ष रामप्रित पासवान आउनुभएको हो । सरकारी प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयमा उप-सचिव काली प्रसाद पोख्रेल तथा कतारका लागि कार्यवाहक राजदूत राजेन्द्र पाण्डे रहनुभएको छ ।
त्यसैगरी संसदिय प्रतिनिधि मण्डलमा संसदहरु जनक गिरी, सुवाष कर्माचार्य तथा केशव थापाका साथै संसद सचिवालयका दुई कर्मचारी रहनुभएको छ ।
चार दिन सम्म चल्ने उक्त अन्तरराष्ट्रिय सम्मेलनको हिजो कतारका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री शेख हमद विन जासिम विन जावर अल्थानीले दोहा शेराटन होटलमा एक भव्य समारोहमा विच उद्घाटन गर्नुभएको थियो ।
नयाँ एवं पुनःस्थापित प्रजातान्त्रिक मुलुकहरुको पहिलो अन्तरराष्ट्रिय सम्मेलनमा १९८८ मा फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको थियो ।
नेपाल सरकारको प्रतिनिधि मण्डल आउदो बुधवार तथा संसदिय प्रतिनिधि मण्डल आउदो विहिवार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
यस सम्मेलनमा १०० भन्दा बढी राष्ट्रका प्रतिनिधिहरुले भाग लिईरखेका छन् भने संसदिय व्यवस्था भएका मुलुकहरुबाट सरकारी तथा संसदिय प्रतिनिधि मण्डल गरि दुई दुई प्रतिनिधि मण्डलहरु आएका छन् । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |