|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 31 October 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
राज्यमन्त्री शाहद्वारा सम्मेलनलाई सम्बोधन |
| नेक सम्वाददाता - 31/10/2006 |
|
दोहा, कतारको राजधानी दोहामा चलिरहेको नयाँ एवं पुनःस्थापित प्रजातान्त्रिक मुलुकहरुको छैटौं अन्तरराष्ट्रिय सम्मेलनलाई नेपाल सरकारको तर्फबाट प्रतिनिधि मण्डलका नेता तथा सामान्य प्रशासन राज्यमन्त्री धर्मनाथ प्रसाद शाहले हिजो सम्बोधन गर्नुभयो ।
सम्बोधनमा नेपालमा हालै सम्पन्न जनआन्दोलनले पुनःस्थपित गरेको प्रजातन्त्रलाई स्थाईत्व दिन तथा देशमा स्थाई शान्तिको लागि नेकपा (माओवादी) संग वार्तामा लागेको वताउनुभयो ।
नेपालमा १९५० को आन्दोलनले राणा शासनको अन्त गरी प्रजातन्त्रको स्थापना गरेता पनि वेला वेलामा खोसिएको नेपालीको प्रजातान्त्रिक हकलाई नेपाली जनताको हालैको आन्दोलनले पुनःस्थापना गरेको चर्चा गर्दै स्थाई शान्ति र दिगो प्रजातान्त्रिक व्यवस्थाको लागि पुनःस्थापित संसदले आफ्नो पहिलो बैठकमा नै जनताको चाहानाअनुरुपको संविधान निर्माण गर्न संविधान सभाको चुनाव गर्ने कटिवद्धताको घोषणा गरिसकेको वताउनुभयो ।
जनआन्दोलनको बलमा स्थापित सात दलको वर्तमान सरकार र माओवादी बिच स्थाई शान्ति र दिगो प्रजातन्त्रको लागि शिखर वार्ता लगाएत विभिन्न तहमा वार्ता भईरहेको भन्दै संयुक्त राष्ट्र संघको सहयोगमा हतियार व्यवस्थापन तथा जनमिलिसियालाई समाजको मुलधारमा ल्याउने, स्वतन्त्र निष्पक्ष तथा निर्भययुक्त वातावरणमा संविधान सभाको चुनाव गराउने, द्वन्द प्रभावितहरुको पुनर्स्थापना तथा आर्थिक तथा मानविय विकाशमा केन्द्रित रहेको वताउनु भयो ।
सामान्य प्रशासन राज्यमन्त्री धर्मनाथ प्रसाद शाहले हिजो दोहामा नयाँ एवं पुनःस्थापित प्रजातान्त्रिक मुलुकहरुको छैटौं अन्तरराष्ट्रिय सम्मेलनलाई गर्नुभएको सम्बोधन |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |