nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 31 October 2006

HOME -> NEWS -> NEWS FROM QATAR


नेपाली साँस्कृतिक कार्यक्रम सफल

नेक सम्वाददाता - 31/10/2006

दोहा, स्याङ्गजा सहयोग समाजको आयोजनामा डि. वि. सुनामको प्रस्तुति नेपाली लोकप्रिय साँझ २००६ भव्यताका साथ सम्पन्न भएको छ ।

 

गत ईदको छुट्टीका बेला प्रस्तुत सो कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुको सहभागिता थियो । पवनकली (लुनीभा तुलाधर) को प्रस्तुतीमा सम्पन्न सो कार्यक्रममा ख्यातिप्राप्त नेपाली सिने कलाकार करिश्मा मानन्धरका साथै पुजना प्रधान तथा सज्जा मैनालीले भाग लिएका थिए भने अन्य कलाकारहरुमा प्रकाश ओझा, सिमन्त उदास, बद्री पागेनी, रेगिना, राजु, गरिमा पन्त, दिपक राई ,नन्दिता केसि, प्रशन्न ,मान्दवि त्रिपाठी तथा मौसमी रहेका थिए । विशेषकारणवश भुवन केसीको भने उपस्थिति रहेन ।

 

ईदको पहिलो दिन गत सोमबार दोहाको अमिर सिनेमामा पहिलो शो संचालन गरिएकोमा हल भित्र भन्दा बाहिर बढी मान्छेहरुको हुल देखिन्थ्यो भने हल भित्र कुनै पनि कुना खाली थिएनन् । नेपालीहरुको महान पर्व दिपावलीको अवसर पनि परेकोले दर्शकहरुले नेपाली संस्कृतिमा झुम्दै कार्यक्रमको मजा लिएका थिए । सो दिन एक शो मात्र गर्ने योजना रहेतापनि अत्याधिक भिडका कारण दोस्रो सो पनि संचालन गरिएको थियो ।

 

मंगलबारका दिन अलखोर स्पोर्टस् क्लबमा, बुधवार पुनः दोहाको अमिर सिनेमामा र विहिवार पुनः अलखोर स्पोर्टस् क्लबमा गरि जम्मा पाँच शो संचालन गरिएको कार्यक्रम व्यवस्थापक डि. वि. सुनामले वताउनुभएको छ । हाल सम्म कतारमा मात्र ७ पटक विभिन्न नेपाली संस्कृतिक कार्यक्रमहरुको व्यवस्थापन गरिसक्नुभएका सुनामले यस पटकको कार्यक्रम सबैभन्दा सफल भएको धारणा राख्नुभयो ।

 

कतारमा नेपाली कार्यक्रमहरु समय समयमा संचालन हुने भएता पनि यस पटकको कार्यक्रमले विशेष रेकर्ड राख्न सफल भएको छ । ७ हजार भन्दा बढी दर्शकले हेरेको यस कार्यक्रममा महिला दर्शकको संख्या १५० जति रहेको सुनाम वताउनुहुन्छ । त्यस्तै यस पटक २० जनाभन्दा बढी विदेशी परिवारले पनि कार्यक्रम हेरेको वताउदै सुनामले यस कार्यक्रमबाट ६० हजार रियाल जति आर्थिक फाईदा भएको वताउनुभयो ।

 

नेपाली कलाकारहरुलाई कतारमा ल्याई कार्यक्रम संचालन गर्दा धेरै नै खर्च लाग्ने चर्चा गर्दै यस पटक करिश्मा मानन्धरलाई मात्र पारिश्रमिक वापत १ लाख तथा अमेरीकादेखि काठमाण्डौको दोहोरो हवाई टिकट को १ लाख १० हजार गरि २ लाख १० रुपैयाँ लागेको वताउनु भयो । सम्भवतः कुनै कलाकारलाई कतारमा कार्यक्रम गरे वापत दिईएको पारिश्रमिकमा यो नै सबैभन्दा बढी होला । यस अधिका कार्यक्रमहरुमा राम कृष्ण ढकाललाई २ लाख तथा जल शाहलाई १ लाख ६० हजार पारिश्रमिक दिईएको थियो ।

 

गत विहिवार नेपालबाट आएका कलाकारहरुको सम्मानमा रात्रीभोजको आयोजना गरिनुका साथै कार्यवाहक राजदूतबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com