|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 01 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
एयर नेपालले १ करोड ५५ लाख तिर्न बाँकी |
| नेक सम्वाददाता - 01/11/2006 |
|
दोहा, नेपालका निजी विमान सेवाहरुले अन्तरराष्ट्रिय उडानहरु थालनी गरेको धेरै समय नवित्दै विभिन्न विवाद तथा समस्याहरु खडा भएका धेरै समाचारहरु प्रकाशित भएकै हो । निजी विमान कम्पनीहरु आफ्नो आर्थिक दायित्व पूरा गर्न पछि परेका धेरै प्रकरणहरु प्रकाशित भईसक्दा पनि सरकार मौन रहनु दुःखका कुरा हुन् ।
नेपालको अन्तरराष्ट्रिय उडानगर्ने निजी विमान सेवा एयर नेपाल ईन्टरनेशलनले दोहाको उडान गर्दा कतार जेटफ्युल कम्पनीसंग हवाई ईन्धन खरीद गर्ने सम्झौता गरे मुताविक हरेक उडानमा ईन्धन खरीद गर्दै आएको थियो । सो विमान सेवाले दोहाको उडान स्थगित गरेको एक वर्षभन्दा बढी भईसक्दा पनि कतार जेटफ्युललाई करीव १ करोड ५५ लाख रुपैयाँ (अमेरिकी डलर २१६,५६०.१८) तिर्न बाँकी रहेको विश्वस्त शुत्रबाट थाहा हुन आएको छ । यो रकममा सम्झौता अनुसारको गत वर्षदेखिको व्याज जोडेमा हजारौ डलर अझ बृद्धी हुन जान्छ ।
आफ्नो बक्सौत असुलपउर गर्न कतार जेटफ्युल कम्पनीले एयर नेपालसंग धेरै पटक सम्पर्क गर्दा पनि केही नलागेपछि दोहा स्थित नेपाली राजदूतावासलाई लिखित रुपमा सहयोगको लागि अनुरोध गरेको छ । कम्पनीका अनुसार यदि तिर्न बाँकी रकम असुलउपर गर्न कठिनाई भएमा एयर नेपालको विरुद्धमा मुद्दा दायर गर्न पनि सकिने जनाएको छ ।
कतारमा १ लाख ६५ हजार भन्दा बढी नेपालीहरु रोजगारीको सिलसिलामा रहेको वेला कतार सरकारको स्वामित्वमा रहेको कतार जेटफ्युल कम्पनीलाई नेपालको निजी कम्पनीले यति धेरै रकम तिर्नु पर्ने समाचार पक्का पनि राम्रो संकेतको रुपमा लिन सकिदैन । नेपाल सरकारले दुई देश विचको सुमधुर सम्बन्धलाई ध्यानमा राखि आवश्यक कार्यवाही अगाडी नबढाएमा दुई देश विचको सम्बन्धमा नै असर पर्न सक्दछ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |