|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 02 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
"राजतन्त्रको भविष्य छैन" - राज्यमन्त्री शाह |
||
| नेक सम्वाददाता - 02/11/2006 | ||
दोहा, नेपालका सामान्य प्रशासन राज्य मन्त्री धर्मनाथ शाहले "नेपाली जनताले राजा राख्न खोजेको छैन । अहिले पनि यो सारा समस्याको जड भनेको राजतन्त्र नै हो - सामन्ति व्यवस्था नै हो । हामीले उठाएका छौ - हाम्रो पार्टीको स्पष्ट धारणा छ लोकतान्त्रिक गणतन्त्र हाम्रो पार्टीले नारा दिएको छ । " भन्नुभएको छ ।
कतारमा हालै सम्पन्न नयाँ एवं पुनःस्थापित प्रजातान्त्रिक मुलुकहरुको छैटौं अन्तरराष्ट्रिय सम्मेलनमा नेपाल सकरकाको तर्फबाट भाग लिन दोहा आउनुभएका राज्यमन्त्री शाहले हाम्रा सम्वाददाता संग कुरा गर्दै माओवादीहरुबाट विच विचमा वार्गेनिङ्ग भएकै कारण शान्तिवार्तामा ढिलाई भएको हो भन्नुभयो । सरकार एकदमै लचिलो छ र सबै समस्याको समाधान वार्ताबाट सम्भव छ भन्दै चाडै नै शान्तिवार्ता सफल हुने र नयाँ नेपालको निर्माण हुने कुरामा आफु विश्वस्त रहेको वताउनुभयो ।
हालैको जनआन्दोलनले नेपाल सरकारलाई दुईटा म्यान्देट दिएको चर्चा गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने र दिगो शान्ति स्थापना गर्ने नै प्रमुख उद्देश्य रहेको तथा सरकार यसको लागि अगाडी बढीरहेको धारणा राख्नुभयो ।
एक प्रश्नको जवाफमा राज्यमन्त्री शाहले हामीमा बहुदलिय तथा सर्वदलिय संस्कृतिको विकाश भईनसकेकोले केही अप्ठाराहरु परेका हुन् तर सात दलको विच कुनै विवाद छैन कुनै तानातान छैन भनि प्रष्ट पार्नुभयो । वहाँले सबै दलहरुको आफ्नो अस्तित्व छ र यो सात दलको सरकार नेपाली जनताको म्याण्डेट अनुसार आएको हो र आ-आफ्नो जिम्मेवारी वाँडीएको छ भन्नुभयो ।
मन्त्री पिच्छेको फरक नीतिका कारण निजामति कर्मचारीको प्रणालीमा परिवर्तन आउन नसकेको भन्दै स्थाई सरकार भनेकै निजामति कर्मचारी हुन् भन्नुभयो । आगामी बैशाक १ गते देखि आफ्नो मन्त्रालयले निजामति कर्मचारीको तहगत एकृकित प्रणाली लागु गर्ने तयारीमा रहेको वताउदै नयाँ प्रणालीहरु निजामति कर्मचारीको व्यवस्थापनमा नयाँ आयाम थप्ने स्पष्ट पार्नुभयो ।
|
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |