|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 02 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
"अन्तरव्यवस्थापिकाको धारणा अधि बढेको छ" - उपाध्यक्ष पासवान |
||
| नेक सम्वाददाता - 02/11/2006 | ||
दोहा, राष्ट्रिय सभाका उपाध्यक्ष रामप्रित पासवानले प्रजातान्त्रिक व्यवस्था नै त्यस्तो राजनैतिक व्यवस्था हो जस्ले विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई प्रमुख स्थान दिई सबै प्रकारका राष्ट्रिय समालहरुमा वहस गराउदछ भन्नुभएको छ ।
कतारमा हालै सम्पन्न नयाँ एवं पुनःस्थापित प्रजातान्त्रिक मुलुकहरुको छैटौं अन्तरराष्ट्रिय सम्मेलनमा नेपाली संसदीय समितको नेतृत्व गर्दै भाग लिन दोहा आउनुभएका उपाध्यक्ष पासवानले हाम्रा सम्वाददाता संग कुरा गर्दै सार्वभौम सम्पन्न जनताद्वारा चुनिएका प्रतिनिधिहरुले निर्भयतापूर्वक जनचासोका विषयहरुमा आफ्नो विचार तथा अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्न सक्ने संसदलाई संस्थागत विकाश गरी राष्ट्रिय सवालका मुद्दाहरुमा वहश तथा सहमतिमा पुग्ने विन्दुको रुपमा विकाश गरिनुपर्ने धारणा राख्नुभयो ।
एक प्रश्नको जवाफमा राज्य संचालनमा प्रजातान्त्रिक पद्धति नै सबैभन्दा उत्तम पद्धति हो भन्दै वेला वेलामा नयाँ तथा पुनस्थापित प्रजातान्त्रक मुलुकहरुमा निरकुंशता हावि भएका घटनाहरुले संस्थागत प्रजातान्त्रको विकाशमा खतरा भएको विचार उपाध्यक्ष पासवानले राख्नुभयो ।
नेपालको परिप्रेक्षमा पनि निरकुंशता हावी भई प्रजातान्त्रिक हक अधिकारहरु खोसिएका अनुभवहरु ईतिहाँसमा छन् भन्दै हालैका घटनाहरुमा पनि निरकुंशता प्रजातन्त्र माथि हावी भएको तथा सबै प्रजातान्त्रिक तथा आधारभूत अधिकारहरु खोसिनुका साथै विचार र अभिव्यक्तिको स्वतन्त्रता निलम्बित भएका घटनाहरु स्मरण गर्दै नेपाली जनताको जनआन्दोलनले प्रजातन्त्र पुनर्वहाली गरी संसद पुनर्स्थापना गरेको र अहिले जनप्रतिनिधिहरुले आफ्नो अधिकार स्वतन्त्रतापूर्वक प्रयोग गर्न पाईरहेको धारणा राख्नुभयो ।
एक अर्को प्रश्नको जवाफमा उपाध्यक्ष पासवानले हालको संसदले सरकारलाई माओवादीहरुसंग शान्तिवार्ता गरी दशक लामो अस्थिरता र अशान्ती अन्त गर्न आवश्यक अधिकार दिएको भन्दै संसदले सरकार तथा माओवादी विचको शान्तीवार्तालाई निरन्तर रुपमा अनुगमन गर्दै नेपालको प्रजातान्त्रमा केन्द्रिय संस्थाको भूमिका निर्वाह गरिरहेको वताउनुभयो । जनआन्दोलनको सफलता पछि नेपालको संसदले संविधान सभाको निर्वाचन गर्ने घोषणा गरिसकेको भन्दै त्यस सभाले नयाँ संविधानको निर्माण गरी वाँकी रहेका सानातिना विवादहरुलाई समाधान गर्ने विश्वास गर्नुभयो ।
संसदमा विपक्ष दलको अभावबारे सोधिएको एक प्रश्नमा उपाध्यक्ष पासवानले संसद बाहिर बसेका माओवादी साथीहरु नै अहिले विपक्षको भूमिका निर्वाह गरिरहनुभएको छ भन्दै यो विशेष परिस्थिति हो र अहिले संकटलाई दूर गर्नको लागि, शान्ति वहाल गर्ने र अन्तरिम सरकारको गठन, संविधान सभाको चुनामा जानको लागि जनताको हितमा बढी भन्दा बढी प्रतिनिधि सभाले निर्णय गर्दै अगाडी बढेको वताउनुभयो ।
राष्ट्रिय सभाका उपाध्यक्ष रामप्रित पासवानसंगको अन्तरवार्ता
|
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |