|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 08 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
एयर अरेवियाबाट काठमाण्डौ उडान शुरु |
| नेक सम्वाददाता - 08/11/2006 |
|
युएई, संयुक्त अरब ईमिरेट्स (युएई)को सारजाहाबाट काठमाण्डौसम्मको सिधा हवाई सेवा हिजोबाट एयर अरेवियाले शुरु गरेको छ । १०२ यात्रु सहितको पहिलो उडान हिजो साँझ ४:५५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्लथलमा अवतरण गरेको थियो भने उक्त उडानलाई विमानस्थलमा सरकारी अधिकारी, पर्यटन बोर्डका प्रतिनिधि र व्यवसायीले स्वागत गरेका थिए । एयर अरेविया मध्यपूर्वको पहिलो सस्तो भाडादरको हवाईसेवा (budget airline) हो भने नेपालमा उडान गर्ने पनि पहिलो वजेट एयरलाईन्स् बनेको छ ।
१६२ सिट क्षमता भएको एयरबस ३२० बाट हप्तामा चार उडान भर्ने एयर अरेवियाले मध्यपूर्वमा कार्यरत नेपाली कामदारहरुलाई आफ्नो मुख्य लक्ष्य बनाएको छ । सोमबार, मंगलबार, बिहीबार र शनिबारका दिन सारजाहाबाट काठमाण्डौ र सोही दिन काठमाण्डौबाट सारजाहा फर्कने यो उडानको एकतर्फी भाडा ४५० रियाल कामय गरिएको छ भने दोहाबाट एकतर्फी भाडा ६४० रियाल कायम गरिएको छ । यात्रुको चाप अनुसार भाडा दरमा तलमाथि हुनसक्ने तथा अग्रिम टिकट खरिदगर्दा सस्तो पर्ने यस विमानसेवाको विशेषता हो ।
तीन वर्षअघि स्थापित एयर अरेवियाले उत्तर अफ्रिका मध्यपूर्व तथा दक्षिण एसियाका ३१ गन्तव्यहरुमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |