nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 09 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


स्याङ्जालीबाट मृगौला रोगीलाई सहयोग

नेक सम्वाददाता - 09/11/2006

दोहा, कतारमा कार्यरत स्याङ्जा जिल्लाबसीहरुको संगठन स्याङ्जा सहयोग समाजले आफ्नो जिल्लाका मृगौला रोगी सुरज रानाभाटलाई नेपाली रुपैयाँ ६२ हजार सहयोग स्वरुप प्रदान गरेको छ ।

 

स्याङ्जा सहयोग समाजका संस्थापक कोषाध्यक्षले उक्त सहयोग रकम रोगीका साहिंलाबुवा बोधबहादुर रानाभाटलाई गत कार्तिक १६ गते स्याङ्जाको जिविस भवनमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गर्नुभएको स्याङ्जा सहयोग समाजका अध्यक्ष पूर्ण केसीले वताउनुभएको छ ।

 

मृगौला रोगी सुरजको काठमाण्डौ स्थित शिक्षण अस्पताल तथा बीर अस्पतालमा उपचार उपचार हुन नसकेपछि थप उपचारको लागि भारतको चण्डीगढको एक सुविधासम्पन्न अस्पतालमा भर्ना गरिएको छ । उपचारको क्रममा मृगौला फेर्नुपर्ने तथा त्यसको लागि १० लाख खर्चलाग्ने उपचारमा संलग्न चिकित्सकहरुले वताएपछि परिवारजनले सहयोगको लागि अपिल परेका थिए ।

 

सो कार्यक्रममा दोहामा कार्यरत स्याङ्जा जिल्लाबसीहरुको संगठन स्याङ्जा सहयोग समाजले मानवीय सम्वेदना देखाउँदै सहयोग गरेकोमा कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति कलम पंगेनी, नेकपा एमालेका चक्र पराजुली, सहायक प्रजिअ राधाकृष्ण शर्मा, निमित्त स्थानीय विकास अधिकारी रविन्द्र श्रेष्ठ तथा योजना अधिकृत हुमनाथ ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com