nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 10 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


अपहरणको धम्की दिँदै रकम असुल्ने प्रयास

राजधानी सम्वाददाता - 10/11/2006

दोहा/रासा- कतारमा नक्कली माओबादी बनेर अपहरणको धम्कि दिँदै लाखौ रुपैयाको माग गर्ने क्याम्पा गाविस- , झापाका राज कुमार खड्का समातिएका छन् कतारमा यस किसिमको घटना यो पहिलो भएको बताइएको

 

धम्की दिने नक्कली माओवादी राजकुमार खड्का

खड्काले कतारको एक सेक्युरीटि कम्पनीमा काम गर्दै आएका झापाका राम बुढाथोकीलाई लाख रुपैया माग्दै, यदि नदिएमा काठमाडौंमा रहँदै आएका बुढाथोकीका दुइ छोराहरुलाई अपहरण गर्ने धम्कि दिएका थिए खड्काले आफु माओबादी कार्यकर्ता भएको नेपालबाट आँफुलाई सो रकम असुलीको आदेश आएको पनि बताएका थिए दुइ छोराहरुलाई शिक्षादिक्षाका लागि काठमाण्डौंमा पढाउन राखेका बुढाथोकी श्रीमतीका साथ कतारमा कार्यरत छन् छोराहरुको अपहरण हुने डरले पैसा दिन तयार भएका बुढाथोकीका दम्पती शनिबारदेखि बुधबारसम्म भोकै बसे नै अझ नेपालमा आफ्ना नातेदारहरु माओबादी समेतलाई करीब २० हजार रुपैया बराबरको खर्च लाग्नेगरी बारम्बार फोन सम्पर्क गरिरहे

 

बुधवार पक्डिइएका खड्कालाई दोहास्थित नेपाली दुतावाससमक्ष हस्तान्तरण गरिएको थियो तर नागरिक समाजका प्रतिनिधिहरूले उनलाई सुध्रिने एक मौका दिनुपर्ने तर्क गरेपछि उनलाई माफी दिइएको आफ्नो अपराध स्विकारेका खड्काले भविष्यमा यस किसिमका अपराधमा संलग्न नहुने कागजातमा हस्ताक्षर गरेपछि कानुनी कारवाहिको बाटोमा अंगालिएन तर, पिडितले सो निर्णय प्रति असन्तुष्टि ब्यक्त गरेका छन्

 

छोराहरूको अपहरण रोक्ने हो भने तोकिए बमोजिम हजार कतारी रियाल अर्थात लाख रुपैयाँ खामबन्दी गरि बाहिर 'दिनेश' नाम लेखेर बुधबार बेलुकी बजे विसमिल्लाह नजिकै आउनु, एक डस्टविनमा राख्नु त्यहाँबाट हट्नु भन्ने चेतावनी खड्काबाट गत शनिवार बेलुकि पाएपछि बुढाथोकी दम्पत्तीलाई डर चिन्ताले घेरिरहृयो इन्टरनेट फोन कार्डबाट फोनसर्म्पर्क गरेकोले खड्काको सर्म्पर्क नम्बर प्राप्त गर्न नसकेका बुढाथोकीले मंगलवार बेलुकी पुनः खड्काले फोन गर्दा उनको फोनसंबाद रेकर्ड गरे बुढाथोकीले सो जानकारी गैरआवासीय नेपाली संघ, कतारका सदस्य नरेन्द्र भाटलाई दिएपछि खड्कालाई प्रत्यक्षदर्शीको रोहबरमा समात्ने योजना बनाइएको थियो भाटसंगै राजधानी साप्ताहिकका संबाददाता रवि भट्टसंगको रायसल्लाह पाएपछि बुढाथोकीले निर्धारित समयमा रकम खामबन्दी गरेर डस्टविनमा राखिदिए सो रकम हात पार्न आउँदा खड्का सहजै पक्राउमा परे

 

आँफुलाई कमजोर नआँक्न चेतावनी दिएका खड्का रकम बुझ्नका लागि तोकिएकोस्थलमा आँउदा उनको शंकास्पद ब्यबहार देखेर सहकर्मी भट्टले पहिचान गरी उनलाई समात्न सहयोग गरेका थिए रकम लिने प्रयास गर्दैगर्दा पत्रकार भट्टले उनलाई समातेपछि एनआरएनए कतारका अध्यक्ष कमलमणी गुरागाईँ, भुपति भट्टर्राई, हफिज खान पशुपति चौधरी लगायतका ब्यक्तिहरूको रोहवरमा खड्कालाई आवश्यक कारबाहीको प्रकृया अगाडि बढाउन दुतावासमा लगिएको थियो

 

'दोषी त्यत्ति बलियो नदेखिएको भएता पनि निकै गलत अपराधिक बाटोमा हिँडेको मेरा छोराहरू सुरक्षित छन् कि छैनन् भनेर मैले यो साता निकै मानसिक तनाव झेल्नुपर्यो हरेक - घण्टामा मैले फोन सर्म्पर्क गरिरहन्थें' बुढाथोकीले आङ्खनो कथा सुनाए- 'अहिले मुलुकमा, कतारमा सम्पुर्ण खाडिमा रहेका मेरा हरेक नातेदारलाई यो घटनाकावारेमा जानकारी भइसकेको ' दोषीलाई दुतावासमा हस्तान्तरण गर्दा आफ्नो परिवारको आफुको सुरक्षाको प्रत्याभुति गरियोस् भन्ने माग राखेको बुढाथोकीले बताए दुतावासमा भएको निर्णयबाट त्यति सन्तुष्ट नदेखिएका बुढाथोकीले भने- 'उसलाई कारवाहि गर्ने नगर्ने भन्ने निर्णय लिने काम उहाँहरूको हो मैले यत्ति मात्रै मागेको छु कि आइन्दा यस्ता घटना नदोहोरिउन् एवं मेरो परिवार हमेशा सुरक्षित रहोस् '

 

सो घटनाकावारेमा जानकारी लिने प्रयास गर्दा नेपाली दुतावासका कार्यबाहक राजदुत राजेन्द्र पाण्डेले समुदायले दुइ पक्षलाई मिलाएको कारण दुतावासले हस्तक्षेप गर्नु नपरेको बताउनुभयो

 

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com