|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 10 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
नयाँ नेपालको सुनौलो भविष्य - कतारवसिको भनाई |
| नेक सम्वाददाता - 10/11/2006 |
|
दोहा, नेपालमा हालै सम्पन्न सात दल तथा माओवादी विचभएको ऐतिहासिक सम्झौताबाट देशले शान्ति तथा निकाश पाउने कुरामा कतारमा कार्यरत नेपालीहरुले विश्वास व्यक्त गरेका छन् । प्रतिक्रिया बुझ्ने क्रममा नेपालकतार डट कमले केही व्यक्तिहरुसंग छोटो कुरा गरेको थियो ।
धेरै वर्षदेखि कतारमा कार्यरत परिचित नाम डा. देवकाजी डंगोलले शान्ती सम्झौताको विस्तृत विवरण पढिनसकेको भएता पनि देशमा यसले शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो । हामीलाई अहिलेको अवस्थामा राष्ट्रमा शान्तिमात्र चाहिएको छ र मलाई पूर्ण आशा छ यस सम्झौताले देशमा शान्ति छाउने छ - डा. डंगोलको भनाई थियो ।
गैर आवासिय नेपाली संघ कतार शाखाका कोअर्डिनेटर राजेश दर्शन अर्यालले अहिलेको स्थिति एकदमै उत्साहजनक छ र यसले देशलाई अधि बढ्न सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । धेरै खुशीको कुरा हो यो सहमति तर धेरैले राजतन्त्रको सवालमा जनमत संग्रहको आशा राखेका थिए भन्दै संविधानसभाले नेपाललाई निकास दिने विश्वास व्यक्त गर्नुभयो ।
गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय सवन्वय समितिका कतार प्रतिनिधि भिम शर्मा पौड्यलले यस सम्झौतालाई पोजिटिभ्ली लिएको भन्दै नेपालीको चाहाना शान्त तथा सम्बृद्ध नेपालको निर्माण हो । यो पहिलो खुड्कीलो मात्र हो । संविधान सभाको चुनावसम्म जनदवावले पनि गर्दा राम्रै संग जान्छ भन्ने आशा राख्दै नेताहरुमा ईमान्दारीताको खाँचो औंल्याउनु भयो । संविधान सभा पछि पुनः नेताहरुले आफ्नो पुरानै शैलीको प्रदर्शन गर्न सक्ने आशंखा व्यक्त गर्दै त्यसोभएमा यस सम्झौताको कुनै अर्थ नरहने वताउनुभयो । हाम्रो अन्तिम लक्ष्य भनेको शान्त एवं सम्बृद्ध नेपाल हो भन्ने पौड्यलको भनाईथियो ।
गैर आवासिय नेपाली संघ कतार शाखाका अध्यक्ष कमलमणि गुरागाईले हिजोको सम्झौताले मुलुकले शान्तिको सास फर्ने पाउने सानो आशा दिएको वताउदै कार्यान्वयन पक्षमा विश्वास गर्न सकिने ठाउँ छैन भन्नुभयो । हतियार व्यवस्थापन नभएसम्म यसै हो भन्न नसकिने भन्दै कार्यान्वयन पक्ष वलियो हुनुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल कतार पत्रकार संघका अध्यक्ष रवि भट्टले वर्ता सफल हुनु धेरै खुशीको कुरा हो देशमा शान्ति कायम रहन सकोस् भन्दै संविधान सभाको सफलता तथा तत्पश्चात पनि नेपालमा दिगो शान्ति वहाल रहनुपर्छ भन्नुभयो ।
खोटाङ्ग जागृति सेवा समाजका अध्यक्ष सुरेश राईले हिजोको सम्झौता सकारात्मक पक्ष भएता पनि कार्यान्वयन पक्ष कस्तो होला भन्ने कुरामा आफूलाई शंखा लागेको वताउनुभयो । राजसंस्थाको बारेमा गरिएको निर्णयको घोर विरोध गर्दै जनताको पार्टी र जनताका नेता हुन् भने सार्वभौम सम्पन्न जनताले आफ्नो अधिकारको प्रयोग गरी जनमत संग्रहको माध्यमबाट राजतन्त्रको निर्णय गर्न पाउनु पर्ने विचार राख्नुभयो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |