nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 13 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


सडक दुर्घटनामा तीन नेपाली सहित छ को मृत्यु

नेक सम्वाददाता - 13/11/2006

दोहा, हिजो दोहाको सल्वा रोडमा विहान ५:३० बजे भएको बस दुर्घटनामा तीन नेपाली सहित छ जनाको मृत्यु भएको छ । मिडम्याक कन्ट्राक्टीङ्ग कम्पनीका कामदारहरु लिएर गईरहेको बसलाई ट्रेलर ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । ठक्करका कारण बस अर्को दिशाबाट आईरहेको कारमाथि पल्टिन पुगेको थियो ।

 

सो दुर्घटनामा मृत्यु हुने नेपालीहरुमा श्री शान्तीचोक शिवमन्दिर झापछौर गुल्मी निवासी यामबहादुर हमाल (पासपोर्ट नम्बर १२५८२२९), कटुन्जे हसारे धादिङ्ग निवासी सोमबहादुर गुरुङ्ग (पासपोर्ट नम्बर ३१५११८७) तथा सिल्फुङ्ग गा वि स वगान ९ वाग्लङ्ग निवासी थापप्रसाद सापकोटा (पासपोर्ट नम्बर २७५२४६७) रहेको नेपाली दूतावासले जनाएको छ ।

 

दुर्घटनामा ५० जना भन्दा बढी घाईते भएतापनि एक जना नेपाली सहित दुई जना बाहेक अन्यलाई उपचार पछि घर फर्काईसकेको बुझिएको छ । घाईत हुने नेपालीको विवरण प्राप्त भएको छैन ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com