nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 13 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


कतार नेपाली एकता समाजको अन्तरकृया सम्पन्न

कुमार कार्की, दोहा - 13/11/2006

कतार नेपाली एकता समाज दोहा कतारको आयोजनामा संविधानसभाको चुनावमा विदेश स्थित नेपालीहरुको सहभागिताको प्रश्न विषयक विचार गोष्ठि १० नोभेम्वर का दिन दोहामा सम्पन्न भएको

 

कतारमा कार्यरत वुद्धिजिवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले संविधानसभामा प्रवासी नेपालीहरुको सहभागिताको विषयलाई लिएर आ-आफ्नो संघको विचार तथा व्यक्तिगत विचार राखेका थिए

 

कार्यक्रममा कतार नेपाली एकता समाज केन्द्रिय कार्यसमितिका महासचिव अर्जुन थापाले १० वुँदे र्यपत्र प्रस्तुत गर्नुभएको थियो उक्त कार्यपत्रमाथि वक्ताहरुले टिप्पणि तथा आफ्नो राय व्यक्त गरेका थिए कार्यक्रममा कार्यपत्र प्रसतुत गर्दै महासचिव अर्जुन थापाले देशमा भएको राजनितिक हलचल तथा आगामी संविभानसभामा प्रवासीहरुले कसरी सहभागिता जनाउन सक्छन् भन्ने कुरा प्रस्तुत गर्नुभएको थियो देशको विगतको राजनितिलाई पनि समेटिएको कार्यपत्रमा देशले झेलेका राजनितिक अस्थिरताहरुलाई पनि समेटिएको थियो नेपालको राजनितिमा राजतन्त्रले खेलेको भुमिका, जनताले पाएका दुख तथा वर्तमान अवस्थामा भएको रानितिक सम्झौतलाई पनि समेटिएको थियो देशको कुल जनसंख्याको एक चौथाई जनशक्ति विदेशमा नै रहेको तथा ति नेपाली नागकिहरुले जनआन्दोलनमा पुर्याएको योगदान तथा देशको आर्थिक अवस्थामा गरेको सुधारलाई मनन गरेर पनि संविधानसभाको निर्वाचनमा भाग लिन पाउनु पर्ने कुरा उल्लेख गरिएको कार्यपत्रमा मताधिकारका साथै चुनावमा उम्मेदवारी पनि दिन पाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको समानुपातिक रुपमा विदेश स्थित नेपालीहरुको सहभागिता हुनु पर्ने यदि त्यसो नभए देशको अर्थतन्त्र धानिरहेका नागरिकहरुको संविधान वनाउने अधिकार खोसिएको मानिने करा उल्लेख गरिएको

 

कार्यक्रममा प्रगतिशिल संघका वलदेव राना, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कमलमणि गुरागाई, आदिवासी जनजाति संघ दोहा कतारका अध्यक्ष अमृत गुरुङ्ग, खोटाङ्ग जागृति सेवा समाजका नारायण पराजुली, लगायत अन्य सुक वहादुर पाख्रिन गोपिलाल तामाङ्ग, पत्रकार रवि भट्ट, नेत्र खनाल आदिको उपस्थिती रहेको थियो शहिदहरु प्रति मौनधारण गरेर शुरु गरिएको कार्यक्रममा स्वागत मन्तव्य मान वहादुर थापाले गर्नुभएको थियो स्वागत मन्तव्यका क्रममा थापाले नेपालमा जनपक्षिय सरकारको स्थापना तथा संविधान सभामा विदेश स्थित नेपालीको सहभागिता हुन सकोस भन्ने धारणा राख्नुभएको थियो

 

कार्यक्रममा वोल्दै गैरआवासिय नेपाली संघका अध्यक्ष कमलमणि गुरागाईले मन्तव्य राख्दै २००७ को दिल्ली सम्झौताका वेलामा नै संविधानसभाको चुनावमा राजनितिक दलहरुले भाग लिई दिईएको भए अहिले यसरी प्रजातन्त्र रक्षाका लागि आन्दोलन गरिरहनुपर्ने थिएन होला भन्दै हालका राजनिति दलहरुले सेरेमोनियल किङ्गको कुरा उठाएर राजतन्त्रको रक्षा गर्ने सोच देखाएकोमा दुख व्यक्त गर्नुभएको थियो जनजाति संघका अध्यक्षले मन्तव्य राख्दै जनजाती महासंघको केन्द्रिय कार्यलयको पनि संविधानसभाको निर्वाचनमा प्रवासी नेपालीहरुले भागलिन पाउनुपर्ने धारणा रहेको कुरा जानकारी गराउनु भयो प्रवासी नेपालीहरु देशको आर्थिक मेरुदण्ड भएको धारणा राख्दै अधिकांश वक्ताहरुले संविधानसभाको निर्वाचनमा भाग लिन पाउनु पर्ने धारणा राखेका थिए प्रवासी नेपाली संम्पर्क मंचका उपाध्यक्ष विर वहादुर थापाले जनमत संग्रहवाट संविधान सभा सम्मको वाटो अवलम्वन गर्नु पर्ने धारणा राख्नु भएको थियो

 

कार्यक्रममा प्रस्तुत कार्यपत्र माथि अधिवक्ता उत्तम भण्डारी चन्द्र नेपालीले टिप्पणी गर्नुभएको थियो टिप्पणीकारहरुले कार्यपत्र कानुन सम्मत भएको साथै विदेशमा वस्ने नेपालीहरुले यस कार्यपत्रलाई व्यवहारमा उतार्नु पर्ने धारणा राख्नभएको थियो

 


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com