|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 13 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
आठ दल समझदारीमा प्रवासी जनजाति महासंघको असहमित |
| नेक सम्वाददाता - 13/11/2006 |
|
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालय दोहाले आज एक प्रेस विज्ञप्ती जारी गरी हालै सम्पन्न सात दल तथा माओवादी विचभएको समझदारी प्रति असहमति प्रकट गरेको छ ।
महासंघका अध्यक्ष अमृत गुरुङ्गद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा २०६३ कार्तिक २२ गते नेपालमा सत्तारुढ सात राजनैतिक दल संयुक्त बाममोर्चा र नेकपा (माओवादी) बिच सम्पन्न शिखर वार्ताद्वारा देशमा विध्यमान हिंसात्मक द्वन्द अन्त्यको गरी नयाँ नेपाल निर्माण गर्ने परिकल्पनालाई संविधानसभाको निर्वाचन गर्ने निर्णय सकारात्मक र स्वागत योग्य छ तर देशको कुल जनसंख्याको अग्रस्थान ओगटेको आदिवासी जनजातिको विषयमा कुनै पनि पार्टीहरुले नवोलेको र सम्झौतामा कुनै बुंदामा पनि नसमेटिएको प्रष्ट छ भनिएको छ । विगत नेपालमा चलेको जनआन्दोलन २०६२-६३ मा जनजातिहरुको सहभागीता अग्रभागमा रहेको कुरा सर्वविधितै छ भन्दै साच्चै भन्ने हो भने माओवादीको ससस्त्र युद्धको प्रमुख शिकार पनि आदीवासी जनजाति कै भएको थियो तर पनि माओवादीले समेत जनजातिहरुको मागलाई व्यवास्ता गरेको देखिन्छ, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा त्यसकारण नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतार संविधानसभाको निर्वाचनमा जनजातिहरुको समानुपातिक र समावेशी मुलक प्रतिनिधित्वको व्यवस्था हुनु पर्दछ भन्ने माग गर्दछ भन्दै अन्यथा फेरी जनजातिहरुले अर्को आन्दोलन गर्नुपर्ने देखिन्छ र त्यसको लागि सम्पूर्ण प्रवास स्थित आदिवासी जनजाति तथा न्यायप्रेमी जनसमुदायलाई सचेत गराउदै हालको समझदारी प्रति नेपाल प्रवासी आदिवासी जनजाति महासंग दोहा कतारको असहमति प्रकट गर्दछौ भनिएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |