nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 15 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


कतारमा ३३९ नेपाली बन्दी जीवन विताउदै

नेक सम्वाददाता - 15/11/2006

दोहा, कतारका विभिन्न बन्दी गृहहरुमा ३३९ जना नेपालीहरु रहेको कुरा दोहा स्थित नेपाली दूतावासले जनाएको छ । हिजो मंगलबार दूतावासका प्रतिनिधि सहित संस्थाका प्रतिनिधिहरु तथा नेपाली पत्रकारहरुले बन्दीगृह (जेल) को निरिक्षण गरी यो तथ्याङ्क संकलन गरिएको हो ।

 

दूतावासका अनुसार अधिकांश बन्दीहरु अध्यागमन तथा श्रम ऐनको उल्लङ्घनको आरोपमा थुनामा रहेका छन् भने २५ जना विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाईएको छ । अपराधिक घटनामा संलग्नहरुको कतारको विभिन्न अदालतमा मुद्दा चलिरहेको पनि दूतावासले जनाएको छ ।

 

अध्यागमन तथा श्रम ऐनको उल्लङ्घनको आरोपमा थुनामा रहेका मध्ये ४५ जनाको यात्रा अनुमति पत्र (travel document) उपलब्ध भएमा तुरुन्त नेपाल फर्कन सक्ने अवस्था देखिएकोले निजहरुलाई आवश्यक पत्र बनाई सक्दो चाँडो नेपाल फर्काउन दूतावास लागि परेको कुरा दूतावासका अधिकारीले वताउनुभयो । "हप्ता दश दिन भित्र यि ४५ जना नेपाल फर्कन सक्नेछन्" दूतावासका अधिकारीले वताउनुभयो ।

 

अन्य नेपाली बन्दीहरुको हकमा प्राय भागेर काम गरिरहेका व्यक्तिहरु भएको तथा कतारको सर्च एण्ड फलोअप डिपार्टमेन्टले दूतावाससंग सवन्वय गरी चाँडो भन्दा चाँडो उनीहरुको स्पन्सर खोजी नेपाल फिर्ता पठाउने व्यवस्था मिलाउदै गरेको पनि दूतावासले जनाएको छ ।

 

नेपाली कामदारहरुका लागि एक प्रमुख गन्तव्य मानिएको कतारमा हाल एक लाख ८० हजार जति नेपालीहरु विभिन्न कार्यहरुमा कार्यरत रहेको अनुमान गरिएको छ ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com