|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 15 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
एन.आर.एन.ए. कतारको प्रथम पार्षद भेला सम्पन्न पत्रकारहरु प्रति आक्रोश |
| रमेश राई - 15/11/2006 |
|
दोहा, गणपुरक संख्याको अभावमा एक हप्ता पछि सरेको गैर आवासीय नेपाली संघ दोहाको प्रथम पार्षद गत शुक्रबार १० नोभेम्वर का दिन नेपाली दूतावासको सभा कक्षमा संपन्न भएको छ । कार्यक्रम एन.आर.एन.ए. आई.सि.सि.का उपाध्यक्ष सागर नेपालको प्रमुख आतिथ्य एन.आर.एन.ए.दोहाका अध्यक्ष कमलमणी गुरागाईको सभापतित्वमा सम्पन्न भएको थियो । एन.आर.एन.ए. आई.सि.सि. दोहाका सदस्य भीम शर्मा पौडेल, सल्लाहकार संयोजक बद्री प्रसाद पाण्डे लगायतका सल्लाहकार सदस्यहरु अतिथि रहेको सो कार्यक्रम गैर आवासीय नेपाली संघ दोहाका संयोजक राजेश दर्शन अर्यालको संचालन गर्नुभएको थियो ।
कार्यक्रमा सुरेश राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कोषाध्यक्ष केवि हमालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा गैर आवासिय पार्षद निर्देशिका संसोधन प्रतिवेदन संघका उपाध्यक्ष तथा संसोधन समितिका संयोजक दील किरण खजुमले प्रस्तुत गर्नु भयो ।
शहीदहरु प्रति श्रद्धान्जली दिंदै एक मिनेट मौन धारण गरेर आरम्भ गरीएको उक्त कार्यक्रममा संचालकले कार्यक्रमलाई औपचारीक मोडतिर धकेल्नु अघि नै दोहाबाट प्रकाशित हुने राजधानी साप्ताहिकमा प्रकाशित एन.आर.एन.ए. सम्बन्धि समाचार प्रति घोर आपत्ति प्रकट गर्नुभएको थियो । कार्यक्रममा एन.आर.एन.ए. संयोजकले संघको तीन महिने कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । जस्मा संघलाई पूर्णता दिदैं सल्लाहकार समिति सहित अनुशासन अनुगमन समिति, संघ संस्था संयोजन समिति, आर्थिक समिति, प्रकाशन समिति, खेलकुद समिति, साहित्य,कला तथा संस्कृति समिति, बैदेशिक रोजगार प्रबर्द्धन समिति गरी नौ समिति गठन गरीएको जानकारी दिईएको थियो । साथै यसै अवधिमा नेपाली बन्दीहरु भएको जेलमा राजदुतावासको सहयोगमा जेल भ्रमण तथा उनीहरुको जेल पर्नुको कारण पहिचाहनका साथ केहीलाई नेपाल पठाएको जानकारी पनि दिईएको थियो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्षले दोहाका पत्रपत्रिकाहरुले एन.आर.एन.ए.दोहा कतारलाई असहयोग गर्दै बदनाम गरीरहेको छ भन्नु भयो । तीन महिनामा कुल आम्दानी क.री. १९,८६२ (उन्नाईस हजार आठसय बैसट्ठी) मा खर्च हुन आएको कुल क.री.१०,५९७.२५ (दश हजार पाँचसय सन्तानब्बे दशमलव २५ दिराम कटाई संस्थामा हाल कुल क.री. ९,२६७.७५ (नौ हजार दुइसय छैसट्ठी दशमलव पचहत्तर दिराम रहेको जानकारी दिनु भएको थियो ।
यसै गरी गैर आवासिय पार्षद निर्देशिका संसोधन समितिका संयोजकले पनि निर्देशिका संसोधन बुँदा पढ्नु भन्दा पहिले नै नेपाली टि.भी. र राजधानी साप्ताहिक प्रति खेद प्रस्ताव पारीत गर्नु पर्छ भनी प्रस्ताव गर्नु भएको थियो । हामीले त्यती ठूलो दोस्रो महाधिवेशन समपन्न गरेको समाचार चाही नदिनु तर पार्षद संख्या नपुगेर परीषद भेला स्थगन भएको कुराको समाचार चाही उच्च महत्वका साथ दिनुले पत्र पत्रिका हाम्रो विरुद्धमा छन् भन्ने प्रस्ट पार्दछ उहाँले भन्नुभयो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सागर नेपाल, अतिथि भीम शर्मा तथा कार्यक्रमका सभापति कमलमणी गुरागाईले पनि कार्यक्रम सफल भएकोमा खुसी ब्यक्त गर्दै पत्रिका र पत्रकारको आलोचना गर्नुभयो । हाम्रो संस्था र ब्याक्तिलाई आक्षेप लगाउने गरी हाम्रै पार्षदहरुवाट समाचार गईरहेको छ र यस्ता पार्षदहरुलाई कारवाही गर्नुपर्छ भन्ने आवाज उठे पछि संघका पार्षद तथा पत्रकार उत्तम सेनले घोर विरोध गर्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत गरीएको आर्थिक, सांगठानिक तथा संसोधन प्रतिवेदनमा प्राय सम्पुर्ण पार्षदहरु मौन रहेको अवस्थामा पार्षद उत्तम सेन कडा रुपमा प्रस्तुत हुदा कार्यकारिणी सदस्यहरुलाई धौ धौ परेको देखिन्थ्यो । आगामी छ महिना पछि अर्को पार्षद भेला बस्ने गरी उक्त भेला समापन गरीएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |