|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 15 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
१२२ औ फाल्गुनन्द जयन्ति दोहामा संपन्न |
| रमेश राई/ऐतराज तुम्रोक - 15/11/2006 |
|
किरात धर्मका माहागुरु फाल्गुनान्दको १२२ औ जन्मजयन्ति नोभेम्वर १०,२००६ का दिन न्यू माउन्ट एभरेष्ट होटल सन्हैयाको सभाकक्षमा संपन्न भएको छ । नालीफुङ्ग साम्यो सब्चुम्वो शाखा दोहा कतारको आयोजनामा संपन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री विजय लावति, संचालन संस्थाका सचिव श्री मनकुमार लिम्वु, स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष श्री सविन लिम्वुले गर्नुभएको थियो । किरात याक्थुङ्ग एकता समाज दोहाका अध्यक्ष श्री बिष्णु आङ्गदाम्वे अतिथिहरुमा सेमी फाक्तालुङ्ग ऐतराज तुम्रोक लगायतका महानुभावहरुको उपस्थिति रहेको उक्त कार्यक्रमका सम्पुर्ण बक्ताहरुले माहागुरु फाल्गुनानन्दको योगदानको चर्चा गर्नुभएको थियो । माहागुरु फाल्गुनानन्द माहान समाज सुधारक, सास्कृतिक क्रान्तिका प्रवर्तक तथा स्वयं सिद्ध ब्याक्ति पनि हुनुभएको कुराको पुष्टि पूर्वाञ्चलका इलाम, पाँचथरका बिभिन्न सुख्खा भु भागमा पानी उमारेर त्यस ठाउँलाई बस्न लायक कुराले पनि चर्चा भएको थियो । जस्को प्रत्यक्ष उदाहरण हालसम्म पनि पाँचथरको सत्रथुम मन्दिरमा त्यसरी निकालेको पानी प्रयोग गरीरहेको जनाकारी उत्त कार्यक्रमा दिईएको थियो । संस्थाको वारेमा जानकारी दिदै संस्थाका अध्यक्षले भन्नुभयो सन् २००३ मा स्थापित यस संस्था नालीफुङ्गमा रहेको लारुम्वा मन्दिर निर्माण र संरक्षणको लागी स्थापना भए पनि हाल किरात धर्म, लिपी र संस्कृतिको जर्गेनाको खातिर लिम्वु युवा वर्गमा लक्षित कार्यक्रम संचालनमा केन्द्रित यो संस्थाको नाम नालीफुङ्गको नेपाली अर्थ पनि युवा युवति नै हुन्छ, उहाँले भन्नु भयो । अब चाडै नै किरात थाक्थुङ्ग एकता समाज सँग कार्यगत एकता गरीने जानकारी दिदै सम्पूर्ण लिम्वु युवा वर्गलाई संस्थामा आवद्धताको लागी आब्हान गर्दै उक्त कार्यक्रम समापन भएको थियो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |