nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 16 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


उद्योग मन्त्रालयमा एनआरएन डेस्क स्थापना

नेक सम्वाददाता - 16/11/2006

काठमाडौ, नेपाल सरकारले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका औद्योगिक प्रवर्द्धन शाखा हेर्ने सहसचिवलाई गैरआवासीय नेपालीसम्बन्धी मामिला हेर्ने कामको जिम्मेवारी तोकेको छ।

सो मन्त्रालयको विदेशी लगानी शाखालाई उक्त जिम्मेवारी हेर्ने डेस्कका रुपमा तोकिएको छ। डेस्कले गैरआवासीय नेपालीसम्बन्धी नीति तथा ऐन, नियमसम्बन्धी काम गर्ने, समन्वय सम्पर्क स्थापना गर्ने, प्रतिवेदन लिने गुनासो सुन्ने, अध्ययन, अनुसन्धान गर्ने, आवश्यक तथ्यांक संकलन सूचनाको तयारी तथा सम्प्रेषण गर्ने मन्त्रालयले जनाएकोछ

सरकारी निकायहरुसँग समन्वय गर्ने मुलुकमा गैरआवासीय नेपालीबाट पहल भएको आर्थिक, सामाजिक तथा औद्योगिक विकाससम्बन्धी कार्यहरुलाई अगाडि बढाउन सहयोग गर्ने, लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचान गर्ने, सूचना प्रवाह गर्ने तथा मुलुकमा गैरआवासीय नेपालीहरुबाट हुने लगानीलाई प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने आइपर्ने विविध समस्या समाधान गर्ने बताइएकोछ

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com