nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 16 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


नेपाली कामदारको मृत्यु संख्यामा वृद्धि

नेक सम्वाददाता - 16/11/2006

कतारमा नेपाली कामदारको संख्या संगसंगै मृत्युहुनेको संख्यामा वृद्धि भएको छ । सन् २००६ को पहिलो १० महिना अर्थात अक्टुवरको अन्तसम्ममा विभिन्न कारणबाट मृत्युहुने नेपालीको संख्या १०६ पुगेको छ । गत वर्षको पहिलो १० महिनामा यो संख्या ७९ रहेको थियो भने पुरै वर्षमा १०० रहेको थियो । यस सालको पहिलो १० महिनाले गत वर्षको जम्माजम्मी मृत्यु संख्यालाई पनि उछिनेको छ ।

 

सन् २००५ को तुलनामा २००६ मा नेपालीहरुको मृत्युहुनेको संख्या बढ्नुमा नेपाली कामदारको संख्या बढ्नु नै मुख्य रहेको छ । नेपाली कामदारहरुको आधिकारीक संख्या प्रष्ट नभए पनि हाल १ लाख ८० हजार जति नेपालीहरु कतारमा कार्यरत रहेको अनुमान गरिएको छ । गत साल यो संख्या १ लाख ३० हजारको हाराहारीमा थियो ।

 

दोहा स्थित नेपाली दूतावासबाट प्राप्त तथ्याङ्कमा मृत्यु हुनेहरुमा अधिकतम कार्डियो-रेस्पिरेटोरी फेलियरबाट भएको देखिन्छ । यसलाई प्राकृतिक मृत्यु (नेचुरल देथ) को रुपमा लिइन्छ । गत वर्षको पहिलो १० महिनामा कार्डियो-रेस्पिरेटोरी फेलियरबाट मृत्यु हुने नेपालीको संख्या ४२ रहेकोमा यस वर्ष यो संख्या ४७ पुगेको ।

 

त्यस्तै मृत्यु हुनुका अन्य कारणहरु मध्य कार्यस्थल दुर्घटनाबाट १९ जना (गत वर्ष ६ जना मात्र); सडक दुर्घटनामा २७ जना (गत वर्ष २१ जना); आत्महत्याबाट ६ जना (गत वर्ष ३ जना); तथा विभिन्न रोगका कारण ७ जना (गत वर्ष नभएको) रहेको नेपाली दूतावासबाट प्राप्त तथ्याङ्कमा जनाईएको छ । गत वर्ष ७ जना नेपालीको आगलागीमा परि दुःखद निधन भएको थियो ।

 

गत वर्षको पहिलो १० महिनाको तुलनामा यस वर्ष कुनै पनि कारणबाट मृत्यु हुनेको संख्या बढेको भएतापनि कार्यस्थल दुर्घटनामा मृत्यु हुनेको संख्या अत्याधिक बढेको देखिन्छ ।

 

प्राकृतिक मृत्युलाई रोक्न नसकिएता पनि सडक तथा कार्यस्थल दुर्घटनालाई पक्का पनि कम गर्न सकिन्छ यदि रोजगारीमा आउने नेपालीहरुलाई नेपाल मै केही व्यवहारीक तथा सुरक्षाका आधारभूत तालिमहरु दिन सकेमा । सम्बन्धित नेपाल सरकारको निकाय, म्यानपावर कम्पनी तथा अभिमुखिकरण तालिम दिने संस्थाहरुले यस तर्फ विचार पुर्याएमा विरानो शहरमा मृत्यु हुने नेपालीहरुको संख्या केही कम हुने थियो कि ?

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com