|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 27 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
कतारमा कार्यरत नेपालीहरुले शान्ति सम्झौता को दीप प्रज्वलन गरे |
| कुमार कार्की - 23/11/2006 |
|
दोहा, कतार स्थित अलमिस्नाद कम्पनि मा कार्यरत नेपाली हरुले नेपालमा माओवादी र सरकार बिच भएको शान्ति सम्झौताको दीप प्रज्वलन गरेर स्वागत गर्दै दिगो शान्ति को कामना गरेका छन् ।
करिब ४०० जना नेपाली कार्यरत उक्त कम्पनीमा गत बिहीवार साँझ दीप प्रज्वलन गरिएको थियो । बिगत लामो समय देखिको हत्या हिसाबाट आक्रन्त भइ शान्ति को कामना गरी रहेका कतार बासीहरु ले पनि बिभिन्न ठाउँबाट शान्ति सम्झौताको स्वागत गर्दै कामना गरेको कुरा जानकारी दिएका छन ।
अल मिस्नाद कम्पनि को सनैया स्थित आबास गृहमा गरिएको दीप प्रज्वलनमा उक्त कम्पनीमा कार्यरत नेपालीहरुले सरकार र माओबादि बिच भएको शान्ति सम्झौताको स्वागत गर्नुका साथै नेपालीहरुको स्वभिमान लाइ उचो राख्न का लागि सरकार र माओबादिले गरेको कार्य ज्यादै प्रशंसनिय भएको धारणा उक्त कार्यक्रममा उपस्थित प्रवासि नेपालीहरुले राखेका थिए।
हत्या हिंसा को पिडा बुझेका नेपालीहरुले प्रवासाबाट नै भए पनि शान्ति सम्झौता को स्वागत गरेर देश प्रति माया र सद्भाव ब्यक्त गरेका छन । कार्यक्रम मा अल मिस्नाद कम्पनि मा कार्यरत नेपालीहरुको ब्यापक उपस्थिति रहेको थियो।
देशमा भएको यो शान्ति सम्झौताले दिगो शान्ति हुने कुरामा विश्वस्त रहेको कुरा उक्त कार्यक्रम मा उपस्थित सहभागीहरुले गरेका थिए। कार्यक्रममा उपस्थित सहभागीहरुको एउटै कथन थियो देश मा शान्ति होस् स्वदेश फर्केर गए पछि दुख सुख गरेर शान्ति सँग बाँच्न पाइयोस् । प्रवासमा कर्यरत् नेपाली सम्पुर्ण नेपालीहरुको शान्ति संगै अफ्नै मुलुकमा नै बस्न पाइयोस् भन्ने चाहना रहेको छ।
नेपाल मा शान्ति भए पछि स्वदेशमा नै फर्केर केहि गरौ भन्ने नेपालीहरुको संख्या अत्यधिक मात्रामा रहेको छ। अहिले भएको शान्ति सम्झौता पछि मुलुक फर्कने सोचमा रहेका नेपालीहरुको संख्या पनि अत्याधिक मात्रामा छ। |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |