|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 27 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
मृगौला रोगीबाट सहयोगको याचना |
| नेक सम्वाददाता - 27/11/2006 |
|
मोरङ शनिश्चरे घर भएका राजेन्द्र कुमार कार्की विगत २ वर्षदेखि दोहा स्थित टाद्मुर कम्पनीमा कार्यरत छन् । वैदेशिक रोजगारीका क्रममा विदेशमा दिन विताउनु नेपालीको वाध्यता हो भन्ने सवैविदितै छ तर पनि इमान्दारिताका साथ कार्य गरिरहदा पनि विभिन्न रोगको शिकार हुनु पर्ने हाम्रो अर्को समस्या छ । । त्यहि समास्याको मारमा परेका छन् राजेन्द्रकुमार कार्की विगत केहि समय देखि दुवै मृगौला खरावी भई आफ्नो जीवनमरणको दोसाँधमा वाचिरहेका छन् । घरको कमजोर आर्थिक अवस्थाका कारण निज कार्कीले उपचार गराउन पाईरहेका छैनन् भने परिवार निजकै आयमा वाचिरहेका छन् ।
२ छोरी, एक छोरा र एक श्रीमति भएका पिडित राजेन्द्रकुमार कार्कीले उनका कतारमा कार्यरत मोरङ्ग सुनसरीवासीहरुको साझा संस्था मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारलाई दिएको निवेदनमा आफ्ना परिवारहरु आफ्नै भरमा वाचिरहेका र आफुलाई कहि भईहाले आफ्नो परिवारको साहरा कोहि पनि नहुने कुरा व्यक्त गरेका छन् । हमाद हस्पिटलको रिपोर्ट अनुसार कार्कीको दुवै मृगौला खरावी भएको जानकारी दिएको कुरा निजका आफन्त कृष्ण सिटौलाले बताएका छन् । गत १६ अक्टुवरमा हस्पिटल भर्ना भएका कार्की अझै पनि हस्पिटलमा नै उपचार गराई रहेका छन् । ३० वर्षउमेर पुगेका कार्कीले मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतार र राजधानी साप्ताहिक मार्फत सहयोगको याचना गरेका हुन । मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारका सचिव कुमार कार्कीका अनुसार संस्थाका तर्फबाट निज कार्कीका लागि सहयोग संकलन गर्नलाइ विभिन्न समाजसेवि, सामाजिक संघ संस्था र कतारमा कार्यरत नेपालीहरुवाट सहयोग संकलन गर्ने र सहयोग चाडो भन्दा चाडो निज कार्कीलाई उपलव्ध गराई उपचारमा सहयोग पुर्याउने कुराको जानकारी दिनु भएको छ ।
साथै मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारले निज कार्कीको उपचार सहयोगका लागि सवैमा हार्दिक अनुरोध गरेको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |