nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 27 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


एसियन गेम्सको तयारीमा कतार

सरोज बास्तोला/नेक सम्वाददाता - 27/11/2006

दोहा एसियादको मस्कट

फोटोः सरोज वास्तोला

२००६ एसियड गेम आयोजक कतार ले सबै तयारीका काम पुरा गरिसकेकोछ कतार को विभिन्न १६ स्थान तथा रंगशालाहरुमा ३९ खेलका ४६ विधाहरु सम्पन्न हुदैछ  एसियन गेम लाई ऐतिहासिक महान बनाउन कतार तनमन ले लागी परेको देखिन्छ

 

खलिफा स्टेडियमको रातीको दृष्य

विज्ञानको नयां नयां प्रयोग सगै कतारमा निमार्ण गरिएको आधुनिक रंगशाला खलिफा स्टेडियममा डिसेम्वर तारिक देखी एसियन गेम २००६ को शुभारम्भ हुदैछ अत्याधुनिक प्रणालीबाट तयार गरिएको खलिफा स्टेडियमको दर्शक क्षमता ५० हजार रहेकोछ साथै एसियामा नै नौलो रहेको कुरा विज्ञहरु बताउछन्

 

सिंगारिएको दोहा कर्निस

फोटोः सरोज वास्तोला

एसियन गेम १९५१ मा भारत को नया डिल्ली बाट शुरु गरिएको थियो सो समयमा ११ देश ले ओटा खेलहरुमा भाग लिएका थिए यसरी शुरु भएको खेल जगत आज ५५ बर्षको अन्तरालमा २००६ सम्म  आईपुग्दा, सहभागी देशहरु ४५ पुगेकाछन् भने खेलहरु ३९ को सख्यामा पुगेकोछ आयोजक बनेको कतारले  २००२ मा सम्पन्न वुसान एसियन गेम्समा ४ स्वर्ण ५ रजत   ८ कास्य पदक गरि जम्मा १७ पदक जितेको तर यस पटक भने आफै आयोजक रकेको कतारले  धेरै खेलहरुमा  आशावादी रहेको देखिन्छ

 

सिंगारिएको दोहाको सडक

फोटोः सरोज वास्तोला

नेपालको हालसम्म एसियन गम्सहरुमा धेरै राम्रो प्रदर्शन नरहेता पनि यस पटक भने केही आशावादी रहेको छ । २००२ वुसार गेम्समा ३ कास्य पदकमा चित्त वुझाएको नेपालले कतारमा कार्यरत नेपाली कामदार र नेपाली संघ सस्थाहरुको हौसला प्रोत्सानका विच केही राम्रो प्रदर्शन गर्ने विश्वास लिईएको छ । खेलाडी राष्ट्रको गौरव को निम्ती प्रवासी नेपालीहरु एक भएर लागी पर्नेको लागी यहा का संघ सस्थाले पनि विभिन्न छलफलहरु जोडदार रुपमा गरेको देखीन्छ ।

 

 

 

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com