nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 28 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


कतारका राजदूतमा गुणलक्ष्मी शर्माको नाम

नेक सम्वाददाता - 28/11/2006

केही महिनादेखि खाली रहेको कतारको लागि नेपाली राजदूतमा गुणलक्ष्मी शर्माको नाम प्रस्तावित गरिएको नेपाल समाचार पत्रले जनाएको छ । सन् २००० मा नेपाली दूतावासको स्थापनाकाल देखि राजदूतमा कार्यरत श्री श्यामानन्द सुमन गत जून महिनामा नेपाल फिर्ता जानुभए पछि राजदूतको पद खाली रहेको थियो ।

 

समाचार पत्रले जनाए अनुसार सरकारले विभिन्न १६ स्थानका लागि राजदूत र महावाणिज्यदूत लगभग तय गरेको छ । सरकारी उच्चस्रोतको हवाला दिंदै समाचार पत्रले यसरी छानिएका नाममा डा. सुरेश चालिसे अमेरिका, सूर्यकिरण गुरुङ बेलायत, शैलजा आचार्य भारत, सहाना प्रधान रुस, टंक कार्की चीन, बलबहादुर कुँवर पाकिस्तान, नवीनप्रकाशजंग शाह थाइल्यान्ड र सूर्यनारायण मिश्र म्यानमार रहेको जनाएको छ ।

 

त्यसै गरी अन्यमा प्रदीप खतिवडा बंगलादेश, गणेश योन्जन जापान, प्रमेश हमाल बेल्जियम, डा. दिनेश भट्टराई स्वीट्जरल्यान्ड, गुणलक्ष्मी शर्मा कतार, हमिद अन्सारी साउदी अरेबिया र हीराबहादुर थापा फ्रान्स तथा हङकङको महावाणिज्यदूतमा प्रेम राईको नाम प्रस्ताव गरिएको पनि समाचार पत्रमा उल्लेख छ ।

 

स्वीट्जरल्यान्डका लागि राजदूत ज्ञानचन्द्र आचार्य आगामी फेब्रुअरीमा आफनो पदावधि सकेर परराष्ट्रसचिव हुन आउने सम्भावना रहेको जनाउदै समाचार पत्रले त्यसैले सरकारले स्वीट्जरल्यान्डका लागि राजदूत खाली नभए पनि प्रस्ताव गरेको वताएको छ ।

 

सोमबारको मन्त्रिपरिषद्कै बैठकमा राजदूत नियुक्तिसम्बन्धी छलफल हुने सम्भावना रहे पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थितिका कारण छलफल हुन सकेन ।

 

राजदूत नियुक्तिका बारेमा  राखिएको जिज्ञासामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीले भन्नुभयो- 'प्रधानमन्त्रीलाई सन्चो नभएकाले राजदूत नियुक्तिबारेमा छलफल भएन, मन्त्रिपरिषद्को अर्को बैठकमा छलफल हुन सक्छ ।' समाचार पत्रले जनाएको छ ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com