|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 28 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
नेपाली खेलाडीहरु आउन शुरु |
| नेक सम्वाददाता - 28/11/2006 |
|
दोहा, आगामी दिसेम्बर १ तारिखदेखि दोहामा शुरु हुन गईरहेको १५औ एसियाली खेलकुदमा भाग लिन नेपाली टोली आउने क्रम शुरु भएको छ ।
हिजो दोहा आईपुग्नु भएका राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव जिवनराम श्रेष्ठका अनुसार नेपालले १४ खेलका ४४ विधामा भाग लिने छन् भने नेपाली टोलीमा ५१ खेलाडी सहित ९४ जनाको सहभागिता रहने छ ।
सन् २००२ मा वुशानमा भएको १४औ एसियाली खेलकुदमा ४ कास्य पदकमा चित्त बुझाएको नेपालले यस पटक राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै खेलाडीहरुको उत्साह तथा व्यवस्थापन यस पटक राम्रो रहेको श्रेष्ठले नेपालकतार डट कममा सम्बाददातासंगको छोटो कुराकानीमा वताउनुभयो ।
स्वर्ण पदकको आशा नरहेता पनि नेपाली खेलाडीहरुबाट रजत पदकको आशा आफूले राखेको वताउदै यस पटकको तयारी राम्रो रहेको सदस्य सचिव श्रेष्ठले वताउनुभयो ।
सरकारको प्रतिनिधित्व गर्दै शिक्षा संस्कृति तथा खेलकुल मन्त्रि मंगलसिद्धि मानन्धर पनि कतार आउने तथा आगामी शुक्रबार हुने १५औ एसियाली खेलकुदको समुद्घाटन समारोहमा सरिक रहनुहुने पनि श्री श्रेष्ठले जानकारी दिनुभयो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |