|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 28 November 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
खोटाङ जागृतिको साधारण सभा डिसेम्वर अन्तिममा |
| नेकका लागि राई रमेश "गाउँले" - 28/11/2006 |
|
दोहा, खोटाङ्ग जिल्लावाट रोजगारीको शिलशिलामा कतारमा कार्यरत युवाहरुले विपत्तीमा परेका नेपालीहरुको सहयोगार्थ संगठित रुपमा अगाडी जाने प्रणका साथ आफ्नो साहित्य र संस्कृतिलाई पराया भुमीवाटै भए पनि केही गरौ भन्ने हेतुले सन् २००३ मा स्थापित खोटाङ्ग जागृति सेवा समाज शाखा दोहा कतारको दोस्रो साधारण सभा डिसेम्वर २९, २००६ शुक्रवारका दिन ढाका रेष्टुरेन्ट नेशनल दोहामा संपन्न गरीने भएको छ । संस्थाको नियमित ३३औं बैठकवाट उक्त निर्णय गरीएको कुरा संस्थाका सचिव श्री हरीकुमार वस्नेतले नेपाल कतार डट कम लाई वताउनु भयो ।
संस्थाको स्थापना भए देखी हालसम्म संस्थाले खोटाङ्गवासी तथा गैहृ खोटाङ्गवासी सम्पूर्णलाई कुनै न कुनै रुपमा आर्थिक,भौतिक, नैतिक र संगठनात्मक रुपमा सहयोग गरीरहेको छ भने संस्थाले वार्षिक रुपमा साहित्यिक तथा वैचारीक मुखपत्र "अभियान"को प्रकाशन,खोटाङ्ग जिल्लाभरीवाट एस.एल.सि. परिक्षामा सर्वोत्कृष्ठ हुने एक छात्रा तथा छात्रलाई जनही एक एक हजार रुपैया र प्रमाण पत्र प्रदान जस्ता समाजिक कार्यहरु गर्दै आईरहेको छ । संस्थाले आगामी दिनमा खोटाङ्ग जिल्लाको विकास निर्माणको पूर्वाधारको रुपमा रहेको शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता क्षेत्रमा पनि सहयोग गरीने लक्ष्य लिएको छ ।
साधारण सभामा आगामी कार्यकालको लागी नयाँ कार्यसमितिको चयन गरीने छ । जस्को लागी निर्वाचन अधिकृतमा दिनेश चाम्लिङ्ग राई,विधान मस्यौदा समितिमा जीवन राई "ज्वाला"को संयोजकत्वमा सुरेश र्राई र मौलधन र्राई सम्मिलित तीन सदस्यीय समिति तथा साधारण सभा लाई सफल पार्नका लागी हरीकुमार वस्नेतको संयोजकत्वमा १५ (पन्ध्र) सदस्यीय मुल साधारण सभा आयोजक कमिटी गठन गरीएको कुराको जानकारी दिदैं साधारण सभालाई बृहत रुपमा सफल पार्नको लागी दोहामा कार्यरत सम्पूर्ण खोटाङ्गवासी दाजुभाइ दिदीवहिनी तथा दोहाका सम्पूर्ण संघ संस्था, पत्रकार, बुद्धिजिवी, लेखक, साहित्यकार, व्यवसायीहरुलाई हार्दिक आव्हान खोटाङ्ग जागृति सेवा समाज शाखा दोहा कतारले गरेको कुरा संस्थाका अध्यक्ष श्री सुरेश राईले वताउनु भयो । स्मरण रहोस यो संस्था नेपालको प्रचलित कानुन वमोजिम स्थानिय प्रशाशन कार्यालयमा दर्ता भएको छ भने कतारमा स्थापित भएर सकृयतापूर्वक कार्यरत रहेको सबैभन्दा पुरानो संस्था हो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |