nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 02 December 2006

HOME -> NEWS -> NEWS FROM QATAR


नेपालीलाई मृत्युदण्ड

नेक सम्वाददाता - 02/12/2006

दोहा, यहाँको एक अदालतले एक नेपाली सहित तिन जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्य एक नेपालीलाई एक वर्षको जेल सजाय सुनाएको छ ।

 

एक ईण्डोनेसियन महिलालाई वेश्यावृत्तिमा लगाएको तथा हत्या गरेको आरोपमा सो सजाय सुनाईएको हो ।

 

प्राप्त विवरण अनुसार तिनै जना अभियुक्तको परिचित घरायसि कामदार ति ईण्डोनेसियन महिलासंग तिनीहरुको शारीरिक सम्बन्ध रहेको र पछि ति नै महिलालाई वेश्यावृत्तिमा लगाईएको थियो ।

 

चौथो अभियुक्त नेपाली, जो एक गोदाममा सुरक्षा गार्डमा कार्यरत थिए, उनीले वेश्यावृत्तिको लागि गोदाम प्रयोग गर्न दिएको पुष्टि भएको छ ।

 

घटनाक्रम अनुसार एक रात ति तिनै जनाले ति ईण्डोनेसियन महिलालाई सो गोदाममा वेश्यावृत्तिमा लगाउदा अत्याधिक रक्तश्राप हुन गरि गाडीमा राखि डाक्टरको खोजीमा हिंडेका थिए । गाडीमा अभियुक्त तथा महिलाको विच रकम बाँडफाँडको विषयमा मनमुताब हुँदा एक अभियुक्तले छुरा प्रहार गरि सो महिलाको हत्या गरेको प्रहरी वयानमा उल्लेख छ ।

 

अभियुक्तहरुले मृत् महिलाको लाशलाई पहिला एक गार्वेज विनमा फालेको र पछि फेरी त्यहाँबाट निकाली अल वाक्राको समुन्द्रटतमा गाडेका थिए । घटनाको केही हप्ता पछि अल वाक्रा विजमा खेल्दै गरेका एक वालकले सो लाश देखि प्रहरीलाई खवर गरिएको थियो । धेरै कुहिसकेको तथा क्षतविक्षत अवस्थामा भेटिएको लाशको सनाखत गर्न प्रहरीलाई धेरै गाह्रो भएको समाचारमा उल्लेख छ ।

 

कतारको कानून अनुसार अभियुक्तहरुले १५ दिन भित्र माथिल्लो अदालतमा अपिल गर्न पाउने छन् ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com