दुईदशक देखि वेलायतमा वसोवास गरिरहनुभएका विजय थापा मिडियामा एक परिचित नाम हो । लण्डनबाट प्रसारीत हुने नेपाली भाषाको नेपाली टिभीका प्रवन्ध निर्देशक थापा वेलायतमा नेपाली रेष्टुरेन्टहरु संचालन गर्नुहुन्छ । समाजसेवामा समर्पित तथा पत्रकारितामा विशेष रुचि राख्नुहुने थापाले वेलायतमा नेपाली पत्रिका चलाउनुका साथै नेपाली रेडियो स्टेशन पनि संचालन गर्नुभएको थियो । नेपाली टिभीको वजार व्यवस्थापनको सिलसिलामा दोहाको केही दिनको भ्रमणमा आउनुभएका थापासंग यस नेपाल कतार डट कमका संचालक शिखर बैद्यले गर्नुभएको छोटो कुराकानीः
Ø थापाजी, सबैभन्दा पहिले नेपाली टेलिभिजनको बारेका केहि वताईदिनु हुन्छ की ?
नेपाली टिभी चै पहिलो नेपाली टेलिभिजन भन्दा हुन्छ युरोप र मध्यपूर्वको लागि । प्राईभेट भेन्चरबाट हामीले शुरु गरेका हौं र यो गत वर्ष नोभेम्बर २००५ देखि हो । यसको प्रसारणले युरोप लगायत मध्यपूर्वका देशहरु कभर गरेको छ जहाँ हाम्रो नेपालीहरुको जनधनत्व बढी नै छ जसमध्य कतार पनि एउटा देश हो । यस्ले सकेसम्म आफ्नो किसिमका कार्यक्रमहरु विदेशमा बस्ने नेपालीहरुलाई लक्ष्य गरेर प्रसारण गर्ने लक्ष्य छ ।
Ø यसको प्रसारण कहिले देखि शुरु भयो ?
नोभेम्बर २००५ देखि नै test transmission शुरु भएको हो र यसको official launching चै गएको बैशाख १ गते नयाँ बर्षको अवसरमा गरेका हौ त्यहाँ देखि समाचार तथा अन्य कार्यक्रमहरु नियमित प्रसारण गरिरहेका छौं ।
Ø नेपाली टिभी कसरी प्रसारण भईरहेको छ ?
यो अहिलेको टेक्नोलोजी Digital Broadcasting हो । हामीले वेलायतबाट अति आधुनिक प्रविधि तथा मेसिनरी प्रयोग गरेका छौ जस्ले गर्दा broadcasting मा manpower कम लाग्छ । हामीले कुनै प्रोग्राम नेपालबाट लिन्छौ तथा अन्य प्रोग्रामहरु लण्डन मै बनाईन्छ । समाचार प्रसारण चै live हो र अन्य प्रोग्रामहरु पनि फ्रेममा छ ।
Ø कुन satellite प्रयोग गर्नुभएको छ ?
हामीले Hotbird satellite प्रयोग गरेका छौ ।
Ø अनि Hotbird satellite बाट कतारमा तथा अन्य मध्यपूर्वी देशहरुमा नेपाली टिभी हेर्न दर्शकहरुले के गर्नु पर्छ ?
यो Hotbird को facility जुन हामीले प्रयोग गरेका छौ त्यो एकदमै सजिलो system हो । यो Direct to Home satellite system हो र यसलाई चै एउटा सानो dish antenna तथा receiver राख्ने वितिक्कै हेर्न सकिन्छ । यसलाई technical भाषामै भन्नु पर्दा 13 degree East तथा 11727 MHz frequency प्रयोग गर्दछौ । यसको बारेमा अझ विस्तृत जानकारी हाम्रो website www.nepalitv.com मा उपलब्ध छ ।
Ø नेपाली टिभी मध्यपूर्वमा शुरु भईसके पछि यसको विभिन्न देशहरुबाट धेरै प्रशंसाहरु आएका थिए । तर हालै फेरी यो टिभी आउन छोडेको भन्ने गुनासो सुनिन्छ । यसको बारेमा केहि प्रष्ट पारीदिनु हुन्छ की ?
यो आउन छोडेको होईन, आउन छोडेको नभनौ यसलाई । हामीले encrypted गरेका हौ । Picture हामीले छोडेका छौ sound चै encrypted गरेर कार्ड सिस्टम प्रयोग गर्न खोजेका हौ । यो digital system मा हेर्ने तरीका हो । यहाँ हाम्रा दर्शकहरुले केहि कुराहरु प्रष्ट संग नबुझ्नुभएर दोहोरो खर्च भएको गुनासो सुनिएको छ । यस्मा म के भन्न चाहान्छु भने कुनै पनि digital broadcasting मा प्रसारकहरुले आर्थिक रुपमा सक्षम हुनको लागि कार्ड प्रयोग गर्ने subscriber नै यस्को लक्ष्य राखेको हुन्छ र हामीले पनि लण्डनबाट satellite प्रयोग गरेको एउटा service हो । अहिले दोहामा set top box हरु पाईएको छ । दर्शकहरुले यो set top box किनेर कार्ड हाल्ने वितिक्कै नेपाली टिभी फेरी हेर्न सक्नुहुने छ ।
Ø यो कहाँ किन्न पाईन्छ ? दोहामा कुनै contact point हरु वा अन्य कुनै व्यवस्था गर्नुभएको छ ?
हालै हामीले यहाँ व्यवस्था गरेका छौ । कतार तथा दुवाईमा यो व्यवस्था भईसकेको छ भने सायदी अरब, वहराईन र कुवेतमा पनि चाँडै नै व्यवस्था गर्दै छौ । हाललाई कतारको दोहामा मात्र हामीले राखेका छौ र अन्य सहरहरुमा छिटै नै व्यवस्था गर्ने छौ ।
Ø पहिले एउटा गुनासो थियो तपाईहरुको के भने नेपाली टिभीमा कार्यक्रमहरुको समय निश्चित छैन भन्ने । यसबारेमा केही प्रष्ट पारिदिनुहुन्छ की ?
यो सहि कुरा हो । परिक्षण प्रसारणको समयमा scheduled program हरु हामीले दिएका थिएनौ । कतिपय प्राविधिक कुराहरु मिलाउनु थियो । हामीले एक पटक हिन्दी फिल्महरु पनि प्रसारण गरेका थियौ दर्शकहरुको प्रतिक्रिया बुझ्यौ र वहाँहरुले नेपाली कार्यक्रम नै बढी राख्नुपर्छ भन्ने प्रतिक्रिया आयो । अहिले चै हामी schedule मै प्रसारण गर्दछौ । लण्डनको पाँच बजे हामी समाचार लाईभ दिन्छौ ।
Ø तपाईहरुको कार्यक्रमहरु चै कहाँ प्रोडक्सन गर्नुहुन्छ ?
नेपालमा वेस छ बढी । र अहिलेको सबैभन्दा popular प्रोग्राम चै सन्देश प्रोग्राम हो जस्मा हाम्रो दर्शकहरुको आफ्नो मान्छेको message प्रसारण गर्दछौ नेपालबाट । र सके सम्म हामीले ठूलो ठूलो सहरहरुसम्म पुग्ने कोशिश गरेका छौ जस्तो पोखरा हेटौडा आदी । गाउँहरुमा त हामी जान सक्दैनौ तर वहाँहरुको परिवार काठमाण्डौ आएको वेलामा वहाँहरुले message record गराउन सक्नुहुन्छ । काठमाण्डौमा हाम्रो डिल्लीबचारमा कार्यलय छ र अफिसको फोन नम्बर ४४४४१६२ हो ।
Ø आफै पनि एक गैर आवासिय नेपाली भएको हिसावले गैर आवासिय नेपालीहरुलाई नेपाली टिभीले कत्तिको नेपाल संग नचिक पार्नलाई सहयोग गर्ला जस्तो लागेको छ ?
हाम्रो मुख्य उद्देश्य नै यही हो । नेपाललाई नजिक पुर्याउने नेपालको संस्कृतिलाई हामीले आफ्नो बच्चाहरुसमेतलाई नविर्साउने हाम्रो कोशिस हो । र मलाई लाग्छ जहाँ सम्म हामीले यसमा success हुन्छौ र भईपनि राखेका छौ ।
Ø विदेशबाट प्रसारित भएको नेपाली भाषाको टेलिभिजनमा सायद यो दोस्रो च्यानल होला । त्यो हिसावले नेपाल सरकारको तर्फबाट यहाँहरुले कस्तो सहयोग पाउनु भएको छ र कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
नेपाल सरकारको सहयोग भन्नुपर्दा हामीले कम पाएका छौ र त्यसमा political changes भईरहेको कारणले पनि हुन सक्दछ र सहयोगको हामीले सधैं आशा राख्दछौ । हाम्रो नेपाल सम्बन्धी कुरा भएको र त्यसमा पनि हाम्रो लक्ष्य नै नेपालको promote गर्नको लागि प्रसारण गरेको हुनाले नेपाल सरकारबाट धेरै सहयोगको आशा राख्दछौ ।
Ø नेपालको समाचार नेपालको कार्यक्रमहरु विदेशबाट प्रसारण गर्दाखेरी नेपाली media को पनि भूमिका पक्कै होला । नेपालमा भएका media हरुसंगको यहाँहरुको सम्बन्ध र वहाँहरुबाट पाईरहनुभएको सहयोग कस्तो छ ?
हामीले सहयोग चै लिईरहेका छौ । हाम्रो आवद्ध संस्था भनेको दुईटा हो जस्मध्य समाचारको लागि कान्तिपुर र अन्य कार्यक्रमको लागि नेपाल टेलिभिजन हामीले छानेका थियौ । तर unfortunately नेपाल टेलिभिजनले हामी संग सहमति हुंदा हुंदै अन्य संस्थासंग पनि वहाँहरुले सहमति कायम गर्नुभएको हुनाले सम्बन्ध अलिक ठिक भएको छैन ।
Ø अब नेपाल टेलिभिजनको कुरा गर्दा हालै नेपाल टेलिभिजनलाई पनि satellite मार्फत मध्यपूर्व र यूरोपमा देखिन सक्ने व्यवस्था मिलाईसकेको भन्ने समाचारमा छ । अब यस अवस्थामा नेपाली टिभी र नेपाल टेलिभिनजको विचमा कुनै किसिमको competition यहाँले देख्नुभएको छ ?
अबश्य पनि बजारमा competition त भएको छ । तर हामीलाई लाग्छ यो viewer ship र नेपाली community को choice को कुरा हो । त्यसमा अहिले digital broadcasting मा हामीले competition लाई accept गर्नै पर्छ । आज नभए भोली हुने नै थियो र हाम्रो उद्देश्य अनुसार हामीले कार्यक्रम गर्दा स्थानिय कार्यक्रमहरु पनि समावेश गर्ने उद्देश्य छ । जहाँ सम्म लाग्छ हाम्रो coverage ६० देशभन्दा माथि हुने छ र ति देशका NRN साथीहरु जो पनि हुनुहुन्छ वहाँहरुले proposal ल्याउनुभएको खण्डमा हामी त्यसलाई स्वीकार गर्दछौ र स्थानिय कार्यक्रमहरुलाई हामीले बढी जोड दिनेछौ । जस्तो यहाँ कै कुरा गर्दा पनि कति activities हरु भईरहने छ जुन activity लाई हामीले हाम्रै नेपाली टिभी मार्फत broadcasting गर्न सक्दछौ जुन अन्य टेलिभिजनले गर्न सक्दैन जस्तो मलाई लाग्छ ।
Ø एउटा साधारण दर्शकको हिसाबले कतारमा नेपाली टेलिभिजन हेर्नको लागि के गर्नुपर्ने आवश्यकता छ ?
यो सजिलो छ । अब अहिले जुन दर्शकहरुले पहिला dish राखिसक्नुभएको छ त्यसलाई dish change गर्नुपर्दैन । खाली set top box अथवा receiver मात्र चेन्ज गर्दा हुन्छ र त्यसमा कार्ड राखेपछि तुरुन्त हेर्न पाईन्छ ।
Ø कार्ड राख्ने भन्नाले कार्ड किन्नु पर्यो ?
हो, कार्ड किन्नु पर्यो ।
Ø अनि यसको शुल्क कति राख्नुभएको छ ?
यसको शुल्क चै अहिले हामीले दिनको एक रियाल हो । अब एक रियाल हामी दैनिक धेरै कुरामा खर्च गर्दछौ भने देशको promotion को लागि ठूलो जस्तो लाग्दैन ।
Ø कतारमा कतिजति दर्शक होला भन्ने अनुमान लिनुभएको छ ?
दर्शकहरु हाम्रो हिसावमा अहिले feedback आएको हिसावले लगभग ४० ५० हजार व्यक्तिहरुले हेर्नुभएको होला ।
Ø अन्तमा विजयजी, हाम्रो कतारवासी नेपाली दाजुभाई दिदीवहिनीहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
खास त म कतार आएको यो पहिलो पटक हो र त्यसमा पनि गौरवको कुरा हो म television broadcasting कै सिलसिलामा आएको । यहाँ जुन हाम्रो साथीहरुबाट response पाएको छु viewership बाट जुन response पाएको छु मलाई फोन गरेर वहाँहरुले जुन भेट्न आउनु हुन्छ र दुख सुखका कुरा गरेर टेलिभिजन आएपछि कस्तो खुशी भयो भनेर वहाँहरुले वताएर जानुहुँदा मलाई एकदम सन्तोष लागेको छ र म खुशी पनि छु । अनि यहाँ जुन पहिले देखि वसिरहनु भएको community leader हरु साथ साथै हाम्रो young circle का साथीहरुले जुन टेलिभिजन प्रति देखाउनु भएको जाँगर छ त्यसले मलाई एकदमै प्रभावित पारेको र म खुसी पनि छु त्यसमा । र यस्तै अन्य देशहरुमा पनि हुन्छ भन्ने मलाई आशा लागेकोछ ।
Ø विजयजी धन्यवाद । यहाँको नेपाली टिभीको उत्तररोत्तर प्रगतिको कामना हामी गर्न चाहान्छौ र हामीलाई समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद ।
यहाँलाई पनि धन्यवाद । यहाँको जुन यो प्रयास छ मिडियामा गर्नुभएको अहिले यो ईलेक्ट्रोनिक मिडियालाई हामीले नेपालीहरुले कमै मात्रामा प्रयोग गरेका छौ जस्तो लाग्छ मलाई तर अहिलेको केहि वर्षमा नेपालमा ईलेक्ट्रोनिक मिडिया धेरै विकाश भएको हो र त्यसलाई हामीले राम्रोसंग उपयोग गर्न सिक्नु पर्यो र community ले पनि यसरी नै सिकोस् भन्ने हामीलाई लाग्छ । तपाईको यो website पनि त्यति नै राम्रो लाग्यो र मलाई खुशी लाग्यो यो website देखेर । धन्यवाद ।
